पालिका स्तरीय भलिबलको उपाधि रावाबेसीलाई

पालिका स्तरीय भलिबलको उपाधि रावाबेसीलाई
सुन्नुहोस्

सुनसरी : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सम्पन्न ‘जुनेश स्मृति खुल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता’मा रावा बेसी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ३–२ को सेटले पराजित गर्दै रावाबेसीले उपाधि जितेको छ।

भलिबलको उपाधिसँगै रावाबेसीले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। फाइनल खेल मंगलबार दिप्रुङ चुइचुम्मा–३ सापातेलस्थित बिर्ख बहादुर बस्नेत खेल मैदानमा भएको थियो। जहाँ दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो।

प्रतियोगितामा उदयपुरको ताप्ली गाउँपालिका र आयोजक दिप्रुङ चुइचुम्मा–२ डाँडागाउँ सेमिफाइनलमा पुगेका थिए। दुवै टिमलाई नगद २५/२५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक योगेन्द्र श्रेष्ठले बताए।

वैशाख २० गतेदेखि सुरु भएको प्रतियोगितामा प्रत्येक टिमले तीन जना बाहिरी खेलाडी समावेश गर्न पाउने नियम थियो। रावाबेसी टिममा कोशी प्रदेशका टिम क्याप्टेन विष्णु बस्नेतजस्ता अनुभवी खेलाडीको सहभागिता थियो भने दिक्तेल टिममा राजकुमार तामाङ लगायतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी विष्णु बस्नेत घोषित हुँदै नगद ५ हजार प्राप्त गरे। उत्कृष्ट सटर राजन लिम्बु (दिक्तेल), उत्कृष्ट लिब्रो सन्देश राई (ताप्ली), उत्कृष्ट ब्लकर निरुप बस्नेत (रावाबेसी) र उत्कृष्ट स्पाइकर लिला डाँगी (दिक्तेल) घोषित हुँदै जनही ३ हजार रुपैयाँ पुरस्कार पाए।

समापन कार्यक्रममा विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिका उदयपुरका मेयर वसन्त कुमार बस्नेत र विशेष अतिथि दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।

स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता गत वर्ष निधन भएका उत्कृष्ट भलिबल खेलाडी जुनेश बस्नेतको स्मृतिमा गरिएको हो। यस किसिमका प्रतियोगिताले पहाडी भेगमा भलिबलको लोकप्रियता मात्र होइन, नयाँ प्रतिभा उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको पालिका अध्यक्ष लोकेन्द्र राईले बताए। 

पहाडी जिल्लाहरूमा भलिबलप्रति युवाहरूको आकर्षण झनै बढ्दै गएको देखिएको छ। सीमित पूर्वाधार र कठिन भौगोलिक अवस्थाबीच पनि स्थानीय स्तरमा हुने प्रतियोगिताले खेलप्रतिको उत्साहलाई नयाँ उचाइमा पुर्‍याइरहेको अध्यक्ष राईको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.