३ दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन स्थानीय तहलाई जिल्ला प्रशासनको पत्र

३ दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन स्थानीय तहलाई जिल्ला प्रशासनको पत्र
फाइल तस्बिर।
सुन्नुहोस्

खोटाङ : जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए । 

पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको अतिक्रमण हटाउने योजनासमेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । स्थानीय तहलाई पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको ‘हार्ड’ र ‘सफ्ट’ दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ ।

प्रजिअ कडेँलका अनुसार गृह मन्त्रालयको यही वैशाख १६ गतेको निर्देशनको आधारमा विवरण मागिएको हो । उनले भनिन्, 'लगत सङ्कलनको काम सम्पन्न गरेपछि संरचना भत्काउन थाल्छौँ । त्योभन्दा अगाडि सबै नागरिकलाई आफ्नो संरचना हटाउन आग्रह गर्छौँ ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.