दिल्लीलाई पराजित गर्दै चेन्नईको कमब्याक जित

दिल्लीलाई पराजित गर्दै चेन्नईको कमब्याक जित
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ। दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५५ रन बनाएको थियो। 

दिल्लीले दिएको १५६ रनको मध्यम लक्ष्य पछाएको चेन्नईले १७.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। दिल्लीका लागि ८७ रनको पारी खेले। उनले ५२ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। दिल्लीको जितमा सन्जु सामसन र कार्तिक शर्माले तेस्रो विकेटका लागि गरेको ११४ रनको शतकीय साझेदारी निकै महत्त्वपूर्ण रह्यो। 

कप्तान ऋतुराज गाइक्वाडले ६ रनमा क्याचआउट हुँदै पेभिलियन फर्किँदा अर्का ब्याटर उर्बिल पटेल १७ रनमा स्टम्पिङ भए। कार्तिक शर्माले ४१ रनको अविजित पारी खेले। उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे।

दिल्लीको बलिङतर्फ अक्षर पटेल  र लुङ्गी एनगिडीले १-१ विकेट लिए । त्यसअघि,ब्याटिङ गरेको  दिल्लीका लागि समिर रिज्वीले सर्वाधिक ४० रन बनाए। इम्प्याक्ट प्लेअरको रुपमा आएका समिरले २४ बलमा चार छक्का प्रहार गरे। ओपनरद्वय पाथुम निशान्कासँग र केएल राहुलले क्रमश: १९ र १२ रन बनाए। नितेश राणाले १५,करुण नैरले १३ र त्रिस्टन स्टब्सले ३८ रन जोडे। आसुतोष शर्मा १४ रनमा रन आउट भए।

दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका बलले निकै राम्रो भूमिका निर्वाह गरे। दिल्लीका लागि बलिङतर्फ नुर अहमदले सर्वाधिक २ विकेट लिए। अकेल होसेन, मुकेश चौधरी, गुर्जापनित सिंह र जेमी ओभरटनले १-१ विकेट लिए।

दिल्लीमाथिको जितसहित चेन्नईले १० अंक जोडेको छ। दिल्लीलाई जितेपछि अंकतालिकामा चेन्नई छैटौं स्थानमा रहेको छ। दिल्ली भने सातौं स्थानमा रहेको छ।

यो जितसँगै अंकतालिकामा चेन्नईले बाँकी चार टिमलाई प्रतिस्पर्धा दिन तयार देखिएको छ। अंकतालिकाको दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी), सनराईजर्स हैदराबाद ए, राजस्थान रोयल्स र गुजरात टाइटन्सलाई अंकतालिकामा पछ्याइरहेको छ । 

बुधबार आइपीएलमा एक खेल रहेको छ। जसमा पन्जाब किङ्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्नेछन्। १३ अङ्क सहित शीर्ष स्थानमा रहेको पन्जाबले तेस्रो स्थानमा रहेको सनराइजर्स हैदराबादसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.