फेरि आकासियो सुन-चाँदीको मूल्य
काठमाडौं : बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य फेरि आकासिएको छ। यसदिन सुनको मूल्य ५ हजार ८०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य २ लाख ९६ हजार ८०० कायम भएको छ। यसअघि मंगलबार प्रतितोला सुनको भाउ २ लाख ९१ हजार रुपैयाँमा पुगेको थियो।
महासंघका अनुसार यसदिन प्रतितोला चाँदी ५ हजार ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोही परिमाणको चाँदी मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !