युद्धविरामको मुखैमा युक्रेनमा रुसको आक्रमण : २७ जनाको मृत्यु

युद्धविरामको मुखैमा युक्रेनमा रुसको आक्रमण : २७ जनाको मृत्यु
सुन्नुहोस्

युक्रेन : युद्धविरामको मुखैमा रूसी ड्रोन र मिसाइल आक्रमणमा युक्रेनमा २७ जनाको ज्यान गएको छ । मस्कोले घोषणा गरेको दुई दिने एक पक्षीय युद्धविराम लागू हुन केही दिन मात्र बाँकी रहेका बेला आक्रमण हुँदा २७ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

मंगलबार दक्षिणपूर्वी जपोरोझियामा रूसी ग्लाइड बम आक्रमणले कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । आक्रमणमा एउटा कार मर्मत केन्द्र र आवासीय भवनहरू प्रभावित भएका थिए, जुन यस वर्ष शहरमा भएका सबैभन्दा भीषण आक्रमणमध्ये एक हो ।

क्षेत्रीय गभर्नर इभान फेदोरोभका अनुसार आक्रमणबाट २० जना घाइते भएका छन् । अर्कोतर्फ, उत्तर पूर्वतिरको क्रामाटोस्र्क शहरमा छ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । यो शहर डोनेट्स्क क्षेत्रमा युक्रेनको नियन्त्रणमा रहेको अन्तिम प्रमुख केन्द्र हो । डिनप्रो शहरमा थप चार जनाको ज्यान गएको छ ।

रूसी आक्रमणले रातभर पोल्टाभा र खार्किभ क्षेत्रमा रहेको युक्रेनको सरकारी ग्यास संरचनाहरूलाई पनि निशाना बनाएको थियो । नाफ्टोगाजका प्रमुख सेर्ही कोरेत्स्कीका अनुसार, यस आक्रमणमा तीन कर्मचारी र दुई उद्धारकर्मीको मृत्यु भएको छ । यस आक्रमणका कारण झण्डै ३,५०० ग्राहकसम्म ग्यास आपूर्ति बन्द भएको छ ।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्धविराम घोषणा गरेपछि पनि आक्रमण जारी राखेर रूसले निष्ठुरता देखाएको बताएका छन् । यी पूर्ण रूपमा निष्ठुर, निरर्थक र आतंकवादी आक्रमण हुन्, जसको कुनै सैन्य अर्थ छैन’, उनले टेलिग्राममा लेखेका छन्, ‘हाम्रा सहर र गाउँहरूमा यस्ता आक्रमण एक दिन पनि रोकिएका छैनन् ।’ रूसले मे ८ देखि ९ सम्म युद्धविराम घोषणा गरेको थियो, जुन दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको स्मरण र मस्कोको रेड स्क्वायरमा हुने सैन्य परेडसँग सम्बन्धित छ ।

युक्रेनको वायुसेनाका अनुसार, सोमबार साँझदेखि रूसले ११ वटा ब्यालिस्टिक मिसाइल र १६४ ड्रोन प्रहार गरेको थियो । तीमध्ये एक मिसाइल र १४९ ड्रोन खसालिएको वा निष्क्रिय बनाइएको भए पनि, आठ मिसाइल र १४ ड्रोनले १४ स्थानमा प्रहार गरेका थिए । 
युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु

उता, रूसद्वारा २०१४ मा कब्जा गरिएको क्रिमिया प्रायद्वीपका प्रमुख सर्गेई अक्स्योनोभले युक्रेनी ड्रोन आक्रमणमा झान्कोई शहरमा पाँच नागरिकको मृत्यु भएको बताएका छन् । रूसको चुभास गणराज्यमा पनि मंगलबार साँझ भएको ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको र कम्तीमा ३२ जना घाइते भएको बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.