कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै
सुन्नुहोस्

इरान : कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदी हृदयघातसम्बन्धी समस्याका कारण जीवन–मृत्युको संघर्षमा छिन् । पाँच दिनदेखि सुरक्षाकर्मीको निगरानीमा अस्पतालमा राखिएकी उनी जीवनका लागि संघर्ष गरिरहेको उनका समर्थकहरूले बताएका छन् ।

उनकी पेरिसस्थित वकिल चिरिन आर्दाकानीले भनेकी छिन्, ‘हामी केवल नरगेसको स्वतन्त्रताका लागि मात्र लडिरहेका छैनौँ, हामी त उनको मुटु धड्किरहोस् भन्नेका लागि लडिरहेका छौं ।’ उनले थपिन्, ‘२०२३ की नोबेल विजेता अहिले ‘जिन्दगी र मृत्युको बीचमा’ छिन् ।’

बिरामी परेकी इरानी नोबेल विजेताको परिवारले जेलमा राखिरहनु नै मृत्यु सजाय सरह भएको बताएका छन् । पेरिसस्थित प्रेस स्वतन्त्रता समूह ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ का जोनाथन डाघेर (जो उनको समर्थन समितिको सदस्य पनि हुन्) ले भने, ‘हामीले पहिलो पटक उनी जीवन र मृत्युको बीचमा रहेको र मृत्युको जोखिम रहेको कुरा भनिरहेका छौं ।’ उनले थपे, ‘अब ढिला हुनु अघि हामीले कदम चाल्नुपर्छ ।’

५४ वर्षीया मोहम्मदी, जसले पछिल्ला दुई दशकको धेरै समय जेलभित्र–बाहिर बिताएकी छन् । आफ्नो पछिल्लो पटक डिसेम्बरमा एक वकिलको अन्त्येष्टिमा इस्लामिक गणतन्त्रको आलोचना गरेपछि पक्राउ परेकी थिइन् । पहिले नै मुटुसम्बन्धी समस्याबाट पीडित उनी २४ मार्च र १ मेमा उत्तरी इरानको जान्जानस्थित जेलमा दुई पटक हृदयाघात भएको आशंका गरिएको उनका समर्थकहरूले बताएका छन् ।

पछिल्लो घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उनी अझै पनि कडा निगरानीमा राखिएको आर्दाकानीले बताइन् । उनले भनिन्, ‘मोहम्मदीको स्वास्थ्य अवस्था साँच्चै धेरै नै बिग्रिएको छ । हामी नरगेसको जीवनका लागि यति धेरै कहिल्यै डराएका थिएनौँ; उनी कुनै पनि बेला हामीबाट टाढा हुन सक्छिन् ।’

जेलमा रहँदा मोहम्मदीको तौल २० केजी घटेको छ, बोल्न गाह्रो भइरहेको छ र पछिल्लो पक्राउ अघि भन्दा उनी चिनिनै नसकिने अवस्थामा पुगेकी छन् । उनका समर्थकहरू चाहन्छन् कि उनलाई उनको व्यक्तिगत चिकित्सक टोलीद्वारा उपचार गर्न तेहरान सारियोस्, तर उनलाई जान्जानबाट सारिने कुनै संकेत देखिएको छैन । मोहम्मदीका जुम्ल्याहा किशोर सन्तान र उनका श्रीमान पेरिसमा बस्छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.