वीरगन्जबाट हराएका दुई बालिका भारतको रेलवे स्टेशनमा भेटिए

वीरगन्जबाट हराएका दुई बालिका भारतको रेलवे स्टेशनमा भेटिए
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिका -१० घडिअर्वाबाट हराएका दुई बालिकालाई भारत बिहारको छपराबाट सकुशल उद्धार गरी नेपाल ल्याइएको छ ।  वीरगन्ज–१० घडिअर्वाका दीपेन्द्र कानुकी छोरी १४ वर्षीया आर्या गुप्ता र विनोद सहनीकी छोरी १४ वर्षीया रिद्धि सिद्धी ( नाव्या) सहनी गत सोमबार अपरान्ह साढे ३ बजेतिर ट्युसन पढ्न भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि ती दुवै बालिका घरपरिवारको सम्पर्कमा नआएपछि प्रहरीमा खबर गरिएको थियो । 

खाजतलासका क्रममा ती दुवै बालिकालाई मंगलबार साँझ भारत बिहारको छपरा रेलवे स्टेशनमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरि राति वीरगन्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । भारतबाट उद्धार गरि ल्याइएका ती दुवै बालिकालाई जिल्ला प्रहरी कार्यालयको सेफ हाउसमा राखेर बुधबार अभिभावकको जिम्मा लगाएर घर पठाइएको कार्कीले बताए । 

बालिकाहरू कसरी पुगे भारत ?

आर्याकी साथी रिद्धिसिद्धी वीरगन्जमा रहेको इस्कोनको कार्यालयमा आउजाउ गर्दै आएकी थिइन् । उनैले आर्यालाई  भारतको मथुरा बृन्दावदन धाममा घुम्न जान भन्दै फकाएकी थिइन् । त्यसपछि गत सोमबार ती दुवैजना ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएका थिए । तर उनीहरू ट्युसन पढ्न नगई सिधै सीमावर्ती रक्सौल रेल्वे स्टेशनमा पुगेका थिए । त्यहाँबाट रेल चढेर उनीहरू नरकटियागन्ज रेल्वे स्टेशन पुगेका थिए । त्यसपछि त्यहाँबाट फेरि रेल चढेर उनीहरू उत्तर प्रदेशको गोरखपुर पुगे । त्यसपछि उनीहरू त्यहाँबाट फेरि रेल चढेर बिहारको मुजफरपुर पुगेर त्यहाँबाट मंगलबार छपरा रेल्वे स्टेशनमा झरेका थिए । 

मथुरा बृन्दावन जान चाहिने रेलको भाडा तिर्ने पैसा नभएपछि रिद्धिसिद्धीले आफ्नी बहिनीको मोबाइलमा क्यु आर कोड पठाएकी थिइन् । त्यहि क्युआर कोड पठाएपछि यसबारे पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कानुले पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई जानकारी गराएका थिए । त्यसलगत्तै नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा  उनीहरूको लोकेसन पत्ता लगाउन सफल भएको थियो । 

त्यसपछि नेपाल प्रहरीको आग्रहमा छपरा रेल्वे स्टेशसनको भारतीय प्रहरीले ती दुवै बालिकालाई रेल्वे स्टेशनबाटै उद्धार गरेर आफ्नो नियन्त्रणमा लिएर खबर गरेको थियो । त्यसपछि मंगलबार साँझ आर्याका काका लालबाबु कानु र रास्वपाका युवा नेता लखन गुप्ता छपरा रेल्वे स्टेशनमा पुगेका थिए । उनीहरूकै जिम्मामा भारतीय प्रहरीले ती दुवै प्रहरीलाई जिम्मा लगाएर नेपाल पठाएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.