नियुक्ति प्रक्रिया अघि बढ्यो

प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीशको लागि नाम सिफारिस हुने

प्रधानमन्त्री बालेनले बोलाए संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीशको लागि नाम सिफारिस हुने

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन उनले बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्री सचिवालयका अनुसार बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकको मुख्य कार्यसूची 'प्रधानन्यायाधीशको नियुक्ति सिफारिस' रहेको छ।

बैठकमा संवैधानिक परिषद्का सदस्य सभामुख डोलप्रसाद अर्याल (डीपी), राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ। प्रधानन्यायाधीश पनि सदस्य रहने भएपनि प्रधानन्यायाधीशको नियुक्ति सिफारिस हुने भएकाले बैठकमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई नबोलाइएको हो।

सर्वोच्च अदालतको भावी प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ। न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो। संवैधानिक परिषद्ले प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.