रोजगारीका लागि विदेश पठाई दिने भन्दै लाखौ ठगेको आरोपमा पाँच जना पक्राउ

रोजगारीका लागि विदेश पठाई दिने भन्दै लाखौ ठगेको आरोपमा पाँच जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाई दिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने बागलुङ काठेखोला गाउँपालिका–३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका–३ बस्ने ४३ वर्षीय निरबहादुर कार्की, काठमाडौं महानगरपालिका–९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ वर्षीय विजयकुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका–५ बस्ने ३७ वर्षीय चिरन्जिवी अधिकारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ घर भएका ३० वर्षीय प्रवेश गुरूङ रहेका छन् । 

पक्राउ परेकामध्ये सन्दिपले माल्टा पठाई दिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रूपैयाँ, निरबहादुरले क्रोएशिया पठाई दिन्छु भन्दै ८ जना पीडितहरूबाट २ लाख २५ हजार रूपैयाँ, विजयकुमारले कतार पठाई दिन्छु भन्दै एक जना पीडितबाट २ लाख २० हजार रूपैयाँ, चिरन्जिवीले क्यानडा पठाई दिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ र प्रवेशले मकाउ पठाई दिन्छु भन्दै एक जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दिप र विजय कुमारलाई काठमाडौं महानगरपालिका–१२ बाट तथा निर बहादुरलाई काठमाडौं महानगरपालिका–१३ बाट सोमबार, चिरन्जिवीलाई काठमाडौं महानगरपालिका–११ बाट र प्रवेशलाई काठमाडौं महानगरपालिका–१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.