सेयर बजारमा उतारचढाव कायमै, नेप्सेसँगै घट्यो कारोबार रकम

सेयर बजारमा उतारचढाव कायमै, नेप्सेसँगै घट्यो कारोबार रकम
सुन्नुहोस्

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ विन्दुमा पुगेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ४३ करोड बराबरको सेयर कारोबार भएको थियो।

यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा कमी आएको छ। ३३६ वटा स्क्रिप्सको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर ३ अर्ब १९ करोड ७७ लाख  ६६ हजार  ७७९ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १०४ वटा स्टक्सको मूल्य बढ्दा १४९ वटाको  घट्यो। १५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुने सकेन। फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १३.७४ प्रतिशतले बढ्यो। भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर ८.९० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो।
रिलायन्स स्पिनिङ्ग मिल्सले १६ करोडको कारोबार गर्दा नेसनल हाइड्रोपावरले १४ करोड,नगदी ग्रुपको १२ करोड र  अपर लोहोरे खोला हाइड्रोपावरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

८ वटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। डेभलपमेन्ट बैंक,हाइड्रोपावर,लाइफ इन्स्योरे‍न्स, मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक घटेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.