युरोपमा किन बढिरहेका छन् अमेरिकी सैन्य अड्डा, के हो भूमिका ?

युरोपमा किन बढिरहेका छन् अमेरिकी सैन्य अड्डा, के हो भूमिका ?

अमेरिका : अमेरिकाले युरोपमा ठूलो सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकाले युरोपमा दर्जनौं सैन्य अड्डा गरेको अनुसन्धानकर्ताले जनाएका छन् । यी अड्डाहरूमा ८० हजार बढी सैनिक तैनाथ छन् । दोस्रो विश्वयुद्धपछि अमेरिकी सेनाको उपस्थिति युरोपको सुरक्षाको मेरुदण्ड जस्तै रहँदै आएको छ।

यो उपस्थिति मुख्य रूपमा जर्मनी, इटली, बेलायत र पोल्याण्डमा केन्द्रित छ । काउन्सिल अन फरेन रिलेसन्सका अनुसार २०२५ को सुरुवातसम्म युरोपमा अमेरिकी सैनिकहरूको संख्या करिब ८४ हजार थियो । यो संख्या समय–समयमा तैनाती र प्रशिक्षणका आधारमा घटबढ हुन्छ । अमेरिकी अनुसन्धान केन्द्रका अनुसार युक्रेन युद्धका क्रममा पूर्वी युरोपमा थप सैनिक पठाइएकाले यो संख्या बढेर ७५ हजारदेखि एक लाख ५ हजारसम्म पुगेको थियो । युरोपमा अमेरिकी सैन्य उपस्थिति सबैभन्दा ठूलो केन्द्र जर्मनी हो । यहाँ रामस्टाइन एयर बेस छ, जुन अमेरिका बाहिर उसको सबैभन्दा ठूलो हवाई अड्डा हो ।

युरोपमा अमेरिकी सैन्य कमानको मुख्यालय स्टुटगार्टमा छ र युरोप–अफ्रिकाका लागि अमेरिकी सेनाको मुख्यालय विसबाडेनमा अवस्थित छ । ग्राफेनभोर र होहेनफेल्स जस्ता ठाउँहरूमा ठूला प्रशिक्षण केन्द्रहरू पनि छन् । जर्मनीमा करिब ३८ हजार अमेरिकी सैनिक तैनाथ छन् । साथै हजारौं नागरिक कर्मचारी र तिनका परिवारहरू पनि त्यहाँ बस्छन् ।

सैन्य अड्डा र सैनिकहरूको संख्याका हिसाबले इटली दोस्रो स्थानमा पर्छ । यहाँ पाँचवटा अमेरिकी सैन्य अड्डा छन् । तीमध्ये एवियानो एयर बेस सबैभन्दा महत्वपूर्ण छ । यो अड्डा अमेरिका र इटली दुवैका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँ करिब साढे आठ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

एवियानो एयर बेस उत्तरी इटलीमा भेनिसबाट करिब ८० किलोमिटर टाढा अवस्थित छ । माईबिजगाइड वेबसाइट अनुसार यो नेटोका सबैभन्दा महत्वपूर्ण सैन्य अड्डामध्ये एक हो । इटलीमा अमेरिकी सेनाका अन्य अड्डा पनि छन्, जसमा क्याम्प डार्बी, विसेन्जामा क्याम्प एडेरले, सिसिलीमा सिगोनेला नौसैनिक अड्डा र नेपल्समा नौसेना कमान समावेश छन् । यसरी इटली अमेरिका लागि भूमध्यसागर क्षेत्रमा अत्यन्त महत्वपूर्ण सैन्य केन्द्र बनेको छ ।

अमेरिकाका लागि बेलायतको रणनीतिक महत्व धेरै ठूलो छ । त्यसैले बेलायती भूमिमा धेरै अमेरिकी सैन्य अड्डा छन् । तीमध्ये आरएएफ लेकनहीथ पनि पर्छ, जहाँ अमेरिकी एफ–३५ लडाकु विमान तैनाथ छन् । आरएएफ मिल्डेनहोल हवाई अभियान र रसद (सैन्य सामग्री आपूर्ति) का लागि प्रयोग हुन्छ ।
आरएएफ फेयरफोर्ड अड्डामा ठूला बमवर्षक विमानहरू उतारिन्छन् र सामान्यतया यो नेटोको आणविक अभियानसँग सम्बन्धित प्रयोगका लागि उपयोग हुन्छ । पोल्याण्डमा पनि धेरै अमेरिकी सैन्य अड्डा छन् । तीमध्ये रेडजिकोभो सबैभन्दा महत्वपूर्ण हो, जसलाई नोभेम्बर २०२४ मा पहिलो स्थायी अड्डाका रूपमा आधिकारिक रूपमा खोलिएको थियो । यो नेटोको मिसाइल रक्षा प्रणालीको हिस्सा हो । क्याम्प कोशियुस्को अमेरिकी सेनाको पाँचौँ कोरको अड्डा हो । साथै बोवेड्ज बेस सैन्य उपकरण भण्डारण र रसदका लागि प्रयोग हुन्छ ।

लास्क एयर बेसमा अमेरिकी वायुसेनाका टुकडी र एफ–१६ विमान तैनाथ छन् । स्कोभेर्जिना र बोलेस्लाभिएकमा पनि अग्रिम सञ्चालन स्थलहरू छन्। पोल्याण्डको रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पोल्याण्डमा अमेरिकी सैन्य उपस्थिति अझै महत्वपूर्ण भएको छ । युरोपमा अमेरिकी सैन्य संरचनाको अर्को महत्वपूर्ण अड्डा टर्कीमा पनि छ, जसको नाम इन्सिरलिक एयर बेस हो । यसलाई मध्यपूर्व र भूमध्यसागर क्षेत्रमा अमेरिकाका लागि अत्यन्त रणनीतिक अड्डामध्ये एक मानिन्छ । यहाँ अमेरिकी वायुसेना र अन्य सहयोगी सैन्य टोलीहरू नियमित रूपमा तैनाथ हुन्छन् ।

युरोपमा अमेरिकी सैन्य अड्डाहरूको भूमिका के ?
युरोपमा तैनाथ अमेरिकी सैनिकहरूले विभिन्न काम गर्छन् । यसमा सीमा सुरक्षा, सैन्य सामग्री आपूर्ति, र सहयोगी देशका सेनालाई प्रशिक्षण दिने कार्य समावेश छ । जर्मनीको बुसेल एयर बेसमा अमेरिकी सैनिकहरूले त्यहाँ राखिएका १० देखि २० बी–६१ आणविक बमहरूको निगरानी गर्छन् । अमेरिकी नेशनल गार्ड र पूर्वी युरोपेली देशहरूबीचको साझेदारी कार्यक्रमअन्तर्गत पेनसिल्भेनिया नेशनल गार्डका सैनिकहरू लिथुआनियाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्छन् ।

यसका साथै अमेरिकी १०औं स्पेशल फोर्सका सैनिकहरूले मुख्य रूपमा जर्मनीमा युक्रेनी सेनालाई विशेष अभियानसम्बन्धी प्रशिक्षण पनि दिइरहेका छन् । २०२२ देखि हालसम्म अमेरिकाले युक्रेनलाई कुनै पनि देशभन्दा धेरै सैन्य सहायता दिएको छ, जसमा ठूलो मात्रामा हतियार र सैन्य उपकरण समावेश छन् । अमेरिकी अनुसन्धान संस्थाका अनुसार युरोपमा अमेरिकी उपस्थितिले युक्रेनी सैनिकहरूलाई नयाँ हतियारको प्रशिक्षण दिनुका साथै हतियार र गोला–बारुद युक्रेनसम्म पुर्‍याउन पनि महत्वपूर्ण भूमिका खेलेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.