खल्तीका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन सरकारले अध्यादेशको प्रपञ्च रच्यो : गगन थापा


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खल्तीबाट झिकेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन सरकारले अध्यादेशको प्रपञ्च रचेको आरोप लगाएका छन्। सिंहदरवारमा संसदीय दलको बैठकमा सहभागी भएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले जालझेल गरेको बताए।

'प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने रास्वपाले सोचिसकेको छ। आफ्नो खल्तीबाट झिकेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन अध्यादेशको प्रपञ्च रचिएको छ,' उनले भने, 'पहिलेको प्रधानमन्त्रीले पनि अध्यादेशको बाटोबाट जालझेल गर्नुभयो। अहिलेका प्रधानमन्त्रीले पनि त्यही जालझेल गर्दै हुनुहुन्छ।'

अध्यादेश ल्याउन संवैधानिक अधिकार भए पनि त्यो संविधान सम्मत छ कि छैन भन्ने विषय मुख्य रहेको उनको भनाइ छ। संवैधानिक निकायमा सरकार प्रमुखको नियन्त्रण नहोस् भनेरै सदस्यहरूको व्यवस्था संविधानमा गरेको उनको भनाइ छ।

उनले कानुनभन्दा माथि कोही पनि नरहेकाले दुई तिहाइको दभ्म देखाउन नहुने बताए। 'सरकार प्रमुखकको नियन्त्रण नहरोस् भन्ने कुरा संविधानमै लेखेका छौं। आफ्नो मान्छे लान्छु अनि त्यसका लगि यो कानुन चलाउँछु। त्यसका लागि अध्यादेश ल्याउँछु भन्नु गलत हो। यसको हामीले पहिले पनि विरोध गरेका छौं। अहिले पनि गर्छौं,' उनले भने।

सभापति थापाले सुकुम्बासी बस्तीमा डोजर चलाएर सरकारले आतंक मच्चाइएको बताए। उनले डोजर चलाएर आतंक मच्चाउने कार्य स्वीकार्य नहुने सरकारलाई चेतावनी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.