पर्सामा चितवनका युवक लागू औषधसहित पक्राउ

पर्सामा चितवनका युवक लागू औषधसहित पक्राउ

वीरगन्ज : पर्साको ठोरीबाट चितवनको माडीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–८ का १९ वर्षीय विश्वास परियार रहेका छन् ।

गत सोमबार ठोरीबाट माडीतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरीको चौतारामा रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार परियारले लगाएको पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखिएको लेबोरोट क्याप्सुल ४७५ पिस बरामद भएको थियो । बरामद उक्त क्याप्सुलसहित परियारलाई नियन्त्रणमा लिएर उनीविरुद्ध लागू औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ  ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.