कांग्रेस विवाद मत्थर पार्न गोल्फुटारमा थापा-खड्काबीच भेटवार्ता

कांग्रेस विवाद मत्थर पार्न गोल्फुटारमा थापा-खड्काबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहितको उपस्थितिमा भेटवार्ता भएको हो।

कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ। खड्काको सचिवालयका अनुसार सभापति थापा र उपसभापति शर्माले पार्टी विवाद समाधान गरेर अघि बढ्ने विषयमा छलफल गरेका थिए।

सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहले छुट्टै भेला गर्दै आएको छ। देउवा समूहले काठमाडौंसहित देशभरि नै भेला गर्ने जनाएको छ। वर्तमान कार्यसमितिले क्रियासिल सदस्यतालगायतका विषयमा मनोमानी गरिरहेको देउवा पक्षको आरोप छ। 

तमाम विवाद समाधान गर्न दुई पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.