संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेसले संसदमा विमति राख्ने


काठमाडौं : सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारले ल्याएको अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पार्टीको गम्भीर असहमति रहेकाले संसद बैठकमा यसबारे गम्भीर रुपमा आवाज उठाउन निर्देशन दिइएको पार्टी सभापति गगन थापाले जानकारी दिएका छन् ।

संसदमार्फत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ल्याइएको बिषयलाई सच्चाउनका लागि सरकारलाई दवाव दिन कांग्रेस सांसदहरुले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ छ । सभापति थापाले संवैधानिक निकायहरूमा सरकार प्रमुखको एकलौटी नियन्त्रण राख्नका लागि सरकारले अध्यादेश ल्याएको आरोप समेत लगाए । उनले प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने पहिले नै तय भइएसकेको भन्दै आफ्नो खल्तीबाट झिकेको नामलाई पारित गराउन जालझेलपूर्ण रुपमा कानून बनाइएको तर्क गरे ।

सभापति थापाले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई सम्मान गर्ने सबैको जिम्मेवारी भएकाले संविधानको सीमाभित्र रहेर गरेका काममा कांग्रेसले कुनै अवरोध नपुराउने उल्लेख गरे । तर संविधान बिपरितको काममा सरकार अघि बढे सशक्त खवरदारी गर्ने उनको भनाइ छ । उनले पछिल्ला निर्णय हेदा वर्तमान सरकार ठूलो भ्रममा रहेको जस्तो देखिएको जिकिर गरे । त्यस्तै सभापति थापाले  भूमिहीन दलित र सुकुमवासीको पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्नेमा डोजर आतंक मच्चाइएको भन्दै आपत्ति जनाए । उनले नागरिकप्रतिको कर्तव्यलाई नझुल्न समेत सरकारलाई सुझाव दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.