बागमती युथ बागमती गोल्डकपको फाइनलमा

बागमती युथ बागमती गोल्डकपको फाइनलमा
सुन्नुहोस्

हेटौंडा : सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।   

निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको हो । दुवै टिमले पेनाल्टीमार्फत गोल गरेको हो । फ्रेन्ड्सका कप्तान रुपेश केसीले पहिलो हाफको ११ औं मिनेटमा र बागमतीका लागि आयुष मगरले ८५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । टाइब्रेकरमा बागमतीका लागि अनिष महर्जन, भुपल मगर, आयुष मगर, अमन लामा र युवराज ढकालले गोल गरे ।

nullफ्रेन्ड्सका लागि सुजन चौधरी, राजेश दाहाल, विवेक मगर र रुपेश केसीले गोल गरे भने प्रशान्त लक्षमको प्रहार बाहिरियो । प्लेयर अफ दि म्याच बागमतीका आयुष मगर घोषित भए । उनले १० हजार प्राप्त गरे । बागमतीले आयोजक बागमती खेलकुद विकास समितिलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो भने क्वाटरफाइनलमा सातौं संस्करणको विजेता चर्च ब्वाइजलाई हराएको थियो ।

बागमतीले अब फाइनलमा उपाधिका लागि चित्लाङ एफसी र नव जनजागृतिको विजेतासँग खेल्ने छ ।  दोस्रो सेमिफाइनल खेल बिहीवार हुनेछ । फाइनल खेल बैशाख २६ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.