स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत १९३ पदाधिकारी पदमुक्त भएका छन्। 

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा ९२० को उपदफा ९१० बमोजिम मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार पदमुक्त भएका पदाधिकारीलाई पदमुक्त भएको जानकारीको पत्र पठाउने क्रम सुरु गरिएको छ। 'अध्यादेशअनुसार पदमुक्त हुनुभएका पदाधिकारीको हामीले पत्राचार गरिरहेका छौं,' उनले भने। उनले मन्त्रालयअन्तर्गतका प्रतिष्ठान, समिति र बोर्डअन्तर्गतका ती पदाधिकारी पदमुक्त भएको बताए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित स्वास्थ्य बिमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्लगायतका निकाय रहेका छन्। 

पदाधिकारीहरूलाई अध्यादेश जारी भएको दिनदेखि पदमुक्त गरिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ जारी गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.