पश्चिम बंगालमा भाजपा नेता सुवेन्दु अधिकारीका पीएको गोली प्रहार गरी हत्या

पश्चिम बंगालमा भाजपा नेता सुवेन्दु अधिकारीका पीएको गोली प्रहार गरी हत्या
सुन्नुहोस्

काठमाडौं : पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको मध्यग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ। प्रारम्भिक रिपोर्टअनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनको गाडी रोकेर अन्धाधुन्ध गोली चलाएका थिए। गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

यस घटनापछि पश्चिम बंगालको राजनीति निकै तातेको छ। भाजपा नेताहरूले यो योजनाबद्ध हमला भएको दाबी गर्दै यसको पछाडि तृणमूल कांग्रेसको हात हुन सक्ने आरोप लगाएका छन्। अर्कोतर्फ अखिल भारतीय तृणमूल कांग्रेसले घटनाको निन्दा गर्दै निष्पक्ष छानबिन तथा अदालतको निगरानीमा सीबीआई अनुसन्धानको माग गरेको छ।

प्रहरी तथा डीजीपी सिद्धनाथ गुप्ताका अनुसार घटनामा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ । तर उक्त गाडीको नम्बर प्लेट नक्कली रहेको पाइएको छ। घटनास्थलबाट खाली तथा जिउँदा कारतुस बरामद गरिएको छ।सीसीटीभी फुटेजको जाँच भइरहेको छ र आक्रमणकारीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

यस घटनालाई लोकतान्त्रिक मूल्यविरुद्धको घटना भन्दै दोषीलाई कडा कारबाही गर्न माग उठिरहेको छ । हत्याको वास्तविक कारण आधिकारिक रूपमा स्पष्ट भएको छैन। कुनै पनि दल वा व्यक्तिको संलग्नता प्रहरीले पुष्टि गरेको छैन। घटनालाई राजनीतिक हिंसा र कानून-व्यवस्थासँग जोडिएको संवेदनशील मुद्दाका रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.