पन्जाबलाई हराउँदै शीर्ष स्थानमा उक्लियो सनराइजर्स हैदराबाद

पन्जाबलाई हराउँदै शीर्ष स्थानमा उक्लियो सनराइजर्स हैदराबाद

काठमाडौं : इन्डियन प्रिमियर लिग २०२६ मा सनराइजर्स हैदराबादले पन्जाब किङ्सलाई पराजित गरेको छ। सनराइजर्स हैदराबादले पन्जाबलाई ३३ रनले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

हैदराबादस्थित राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। 

हैदराबादले दिएको २३६ रनको विजयी लक्ष्य पछाएको पन्जाब किङ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०२ रन मात्रै जोड्न सक्यो। पञ्जाब किङ्सका लागि कुपर कोनोलीले १०७ रनको अविजित शतकीय पारी खेले। को शतकीय पारी टिमको जितका लागि भने पनि पर्याप्त रहेन । उनलाई साथ दिने कुनै पनि ब्याटर भएनन्। उनले ५९ बलमा ७ चौका र ८ छक्का प्रहार गरे। ओपनर द्वय प्रियांस अर्या र प्रभसिम्रन सिंह सस्तैमा पेबिलियन फर्किँदा कप्तान श्रेयस ऐयर पनि ५ रनमा डग आउट फर्किए । मार्कस स्कोटोनिसले २८ सुर्यांन्स सेड्गेले २५ र मार्को जान्सनले १९ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

पन्जाबलाई सस्तैमा रोक्न सनराइजर्स हैदराबादको लागि बलिङतर्फ कप्तान प्याट कमिन्स र शिवाङ कुमारले २-२ विकेट लिए । नितेश कुमार रेड्डी, इशान मालिंगा र सकिब हुसेनले १-१ विकेट लिए। 

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको सनराइजर्सका लागि हेन्नरिज क्लासेनले सर्वाधिक ६९ रनको पारी खेले। उनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। हेनरिचले तेस्रो विकेटका लागि इशान किसनसँग ८८ रनको साझेदारी बनाएका थिए। ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडले क्रमश: ३५ र ३८ रन बनाए। इशान किसनले ५५ रनको अर्धशतकीय पारी खेले । नितेश कुमार रेड्डी २९ रनमा अविजित रहे। 

पहिलो इनिङ्समा पन्जाब किङ्सको फिल्डिङमा धेरै त्रुटिहरू भए। पन्जाब किङ्सका लागि अर्शदिप सिंह, लोकी फर्गुसन, युजवेन्द्र चेहल र विजयकुमार वैशाकले १-१ विकेट लिए। 

लगातारको ६ जितले पछिल्ला २ हारका बावजुद पनि शीर्ष स्थान नछोडेको पन्जाबले तेस्रो हारपछि भने शीर्ष स्थान छोडेको छ। पञ्जाबलाई पछि पार्दै सनराइजर्स हैदराबाद १४ अङ्क सहित शीर्ष स्थानमा उक्लिएको छ। ११ खेलमा ७ जित र ४ हारसहित सनराइजर्स हैदराबाद शीर्ष स्थानमा उक्लिएको हो। 
पन्जाब किङ्स भने १० खेलमा ६ जित ३ हार र एक खेल नतिजा विहीन हुँदा १३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। 
बिहीबार आइपीएलमा एक खेल रहेको छ। जसमा लखनउ सुपर जायन्स र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)ले प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.