इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी
फाइल तस्बिर
सुन्नुहोस्

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावपूर्ण स्थिति र युद्ध छिट्टै अन्त्य हुने दाबी गरेका छन् ।  बुधबार साँझ एक सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले आफूहरू इरानसँगको युद्धलाई तन्काउने पक्षमा नरहेको बताएका हुन् । 

जर्जियाका गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले भने, 'अहिले जे भइरहेको छ, त्यसको पछाडि एक विशेष र महत्त्वपूर्ण कारण छ। हामी इरानलाई कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न दिने छैनौँ। हामीले गरिरहेको कार्य सही छ भन्ने कुरा धेरैलाई थाहा छ र यो सबै प्रक्रिया छिट्टै टुङ्गिनेछ।'

राष्ट्रपति ट्रम्पले आफू हाल होर्मुज स्ट्रेटको सुरक्षा र इरानको परमाणु कार्यक्रमका विषयमा एउटा ठोस सम्झौता गर्ने प्रयासमा रहेको समेत स्पष्ट पारे ।

सीएनएनका अनुसार, अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमाथि इरानले बिहीबार आफ्नो औपचारिक जवाफ पठाउने तयारी गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावका सम्बन्धमा इरानको धारणा पाकिस्तानी मध्यस्थकर्ताहरूलाई हस्तान्तरण गरिने जानकारी दिएको छ ।

सूत्रहरूका अनुसार अमेरिका र इरान दुवै पक्ष यतिबेला युद्ध अन्त्य गर्ने गरि सम्झौतातर्फ केन्द्रित भएका छन्। यद्यपि, इरानले भने अमेरिकी प्रस्तावमाथि अझै गम्भीर छलफल र विचार भइरहेको बताएको छ। इरान र अमेरिकाबीचको बढ्दो सैन्य तनावका बीच यो कूटनीतिक पहललाई विश्वभर निकै चासोका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.