नेपाल एयरलाइन्सले गर्‍यो साउदीबाट ७ उडान

नेपाल एयरलाइन्सले गर्‍यो साउदीबाट ७ उडान

साउदी :  नेपाल एयरलाइन्सले अप्रिल महिनामा दमाम–काठमाडौं र काठमाडौं–दमाम गरी कुल ७ उडान सञ्चालन गरेको छ। यस अवधिमा दमामबाट काठमाडौंतर्फ १८ सय ३५ यात्रुले यात्रा गरेका छन् भने काठमाडौंबाट दमामतर्फ १४ सय ६१ यात्रु गएका छन्।

उडान विवरणअनुसार ५ अप्रिलमा काठमाडौंबाट २ सय ४७ र दमामबाट २ सय ५६ यात्रु, ९ अप्रिलमा दुवैतर्फ २ सय ७२ यात्रु, १२ अप्रिलमा काठमाडौंबाट १ सय ८३ र दमामबाट २ सय ६९ यात्रु, १६ अप्रिलमा दुवैतर्फ २ सय ७० यात्रु, १९ अप्रिलमा काठमाडौंबाट २ सय ८३ र दमामबाट २ सय ३६ यात्रु तथा २३ अप्रिलमा काठमाडौंबाट २ सय ५६ र दमामबाट २ सय ६१ यात्रु आवतजावत गरेका छन्।

यसैबीच, अप्रिल ३० मा ‘२ स्टाचर ’ नामक विशेष मेडिकल उडान सञ्चालन गर्दै नेपाल एयरलाइन्सले करिब २ सय ७० यात्रुलाई सेवा दिएको छ। संकटको अवस्थामा गरिएको यस्तो पहलले राष्ट्रिय ध्वजावाहकको सामाजिक जिम्मेवारी र संवेदनशीलता झल्काएको छ। मध्यपूर्वमा विकसित अमेरिका–इरान तनावका कारण खाडी क्षेत्रका हवाई मार्गहरू बन्द हुँदा नेपाल एयरलाइन्सका दमाम–काठमाडौं उडानहरू फेब्रुअरी अन्त्य र मार्च प्रारम्भमा पूर्णरूपमा स्थगित भएका थिए। यसका कारण सयौं नेपाली यात्रु अलपत्र परेका थिए।

तर, परिस्थितिमा सुधारसँगै नेपाल एयरलाइन्सले मार्च अन्त्यदेखि पुनः उडान सञ्चालन गर्दै यात्रुलाई राहत दिएको छ। अप्रिल २०२६ सम्म आइपुग्दा सेवा आंशिक रूपमा नियमित बन्दै गएको देखिएको छ।

यी तथ्यांकले प्रत्येक उडानमा औसत २ सय ५० देखि २ सय ७० यात्रु रहेको देखाउँछ, जसले खाडी क्षेत्रमा नेपाली श्रमिकहरूको उच्च यात्रा मागलाई स्पष्ट रूपमा देखाउँछ। यद्यपि, केही मितिमा यात्रु संख्यामा देखिएको उतारचढावले सेवा अझै पूर्णरूपमा स्थिर हुन नसकेको संकेत पनि दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.