औषधि पसलमा विशेष अनुगमन

औषधि पसलमा विशेष अनुगमन
सुन्नुहोस्

नुवाकोट : गुनासो तथा उजुरी आएपछि नुवाकोटको औषधि पसलमा अनुगमन गरिएको छ । जनगुनासो आएपछि वुधबार सम्वन्धित निकायले बट्टारवजारको औषधि पसलमा अनुगमन गरेको हो । 

बिदुर नगरपालिका ४ वट्टारमा सञ्चालित दुई वटा औषधि पसलमा वित्रेष अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय र प्रहरीको संयुक्त टोलीले वट्टार पोलिक्लिनिक एण्ड डायग्नोष्टिक प्रालि र नुवाकोट मेडिसिन ट्रेडर्समा छड्के अनुगमन गरेको डीएसपी लामाले जानकारी दिए ।

उनका अनुसार दुवै औषपध पसलका सञ्चालकसँग आवश्यक सोधपुछ गरिएको छ । जनगुनासो तथा उजुरी आएका कारण छड्के अनुगमन गरिएको जनाइएको छ । यस सम्बन्धमा स्वास्थ्य टोली र प्रहरीले अनुसन्धान गरिरहेको छ भने  अन्य औषधि पसलमा समेत अनुगमन गरिने नुवाकोट प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.