संघीय सांसदको बायोमेट्रिक विवरण संकलन सुरु

संघीय सांसदको बायोमेट्रिक विवरण संकलन सुरु

काठमाडौं : संघीय संसद सचिवालयले बिद्युतीय हाजिरी प्रयोजनका लागि सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ । संघीय संसद अन्तर्गत बिभिन्न बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि संसद सचिवालयले बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको हो ।

संसद बैठक र संसदीय समितिमा यसअघि काजगी हाजिरी गर्ने गरिएकोमा अव भने बिधुतीय हाजिरी प्रणाली सुरु गरिने समेत संसद सचिवालयले जनाएको छ ।

बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक तस्बिर खिचिने भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन समेत सचिवालयले अनुरोध गरेको छ । सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्ने कार्य बैंशाख २८ गतेसम्म जारी रहने सचिवालयले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.