एसोसिएशन अफ नेपाली ओरिजिनले दियो नेपाल सरकारलाई धन्यवाद

एसोसिएशन अफ नेपाली ओरिजिनले दियो नेपाल सरकारलाई धन्यवाद
सुन्नुहोस्

न्यूयोर्क : अमेरिकाको ओहायोमा एसोसिएशन अफ नेपाली ओरिजिन(एएनओ)ले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। नेपाली मूलका नागरिकहरूलाई विमानस्थलका प्रस्थान र आगमन कक्षमा विशेष व्यवस्था गरिदिएको भन्दै एएनओले शनिबार ओहायो राज्यमा बसोबास गर्ने नेपालीहरूको बृहत् भेलामा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको हो। 

एएनओका अध्यक्ष डिल्ली अधिकारीले हस्ताक्षर गरी नेपाल सरकारलाई दिएको धन्यवाद पत्र अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणलाई सो समारोहमा हस्तान्तरण गरे। धन्यवाद पत्र ग्रहण गर्दै कार्यवाहक राजदूत आरणले सरकारको कार्यको सराहना गर्दै धन्यवाद पत्र दिएकोमा एएनओप्रति आभार व्यक्त गरे। उनले सरकारको कामको खुलेर प्रशंसा गरेको पत्र पाउँदा हर्षित भएको बताए। 

पत्र हस्तान्तरण गर्दै एएनओ अध्यक्ष अधिकारीले नेपाली मूलका नागरिकहरूलाई नेपाल सरकारले भावनात्मक रूपले जोड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन डेस्कको स्थापना गरी कार्य प्रारम्भ गरेकोमा विश्वभरिका नेपालीहरू उत्साहित भएको बताए। 

एएनओको निवेदनका आधारमा गत चैत ८ गते सरकारले नेपाली मूलका विदेशी नागरिकका लागि विशेष व्यवस्था गर्दै डेस्क स्थापना गरेको थियो। कार्यक्रममा एएनओका माहासचिव चूडामणि भट्टराईले धन्यवाद पत्र वाचन गरेर सुनाएका थिए। कार्यक्रममा हाल नेपालमा छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐन २०८२ को पहिलो मस्यौदाप्रति एएनओले नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.