रास्वपाका स्थानीय नेता सुनवलबाट लागुऔषधसहित पक्राउ
परासी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय नेता लागुऔषध गाँजासहित पक्राउ परेका छन्। सुनवल नगरपालिका–४ बेलारीका ५२ वर्षीय ताराबहादुर क्षेत्रीलाई २ केजी बढी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए।
इलाका प्रहरी कार्यालयको टोलीले क्षेत्रीले सञ्चालन गर्दै आएको पर्वत धौलागिरी होटल एण्ड रेष्टुरेन्टबाट ७ प्याकेट खुला र बोरामा राखेको २ केजी बढी गाँजा बरामद गरेको पन्तले बताए।
पक्राउ परेका क्षेत्री सुनवलका स्थानीय रास्वपाका नेता रहेको बताइएको छ। क्षेत्रीमाथि लागुऔषध मुद्दामा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !