सगरमाथासहितका हिमालबाट १ अर्ब २५ करोड बढी रोयल्टी

सगरमाथासहितका हिमालबाट १ अर्ब २५ करोड बढी रोयल्टी
फाइल तस्बिर।

ओखलढुङ्गा : पर्यटन विभागले सन् २०२६ को वसन्त ऋतुका लागि हिमाल आरोहणको अद्यावधिक तथ्याङ्क सार्वजनिक गरेको छ । विभागको प्रतिवेदन अनुसार १ मार्च २०२६ देखि १५ मे २०२६ सम्मको अवधिमा विभिन्न ३० वटा हिमाल आरोहणका लागि अनुमति जारी गरेबापत कुल १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५ सय ५४ रुपैयाँ (८४ लाख २९ हजार ६ सय २६ अमेरिकी डलर) रोयल्टी संकलन भएको छ । 

यस सिजनमा १४२ वटा आरोहण दलका कुल १ हजार १८१ जना आरोहीहरूले नेपालका हिमाल चढ्ने अनुमति पाएका छन् । जसमा ८९८ पुरुष र २८३ महिला आरोहीहरू रहेका छन् ।
यस वर्ष पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा सबैभन्दा बढी आकर्षण र राजस्व संकलन देखिएको छ। सगरमाथा आरोहणका लागि मात्रै ५१ वटा टिमका ४९४ जना आरोहीहरूले अनुमति लिएका छन् । जसमा ३८९ पुरुष र १०५ महिला सहभागी छन् । 

सगरमाथाबाट मात्रै सरकारले १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४ सय ७५ रुपैयाँ रोयल्टी संकलन गरेको छ । सगरमाथा बाहेक लोत्से हिमालबाट ६ करोड ३६ लाख, मकालु १ बाट ३ करोड १७ लाख, आमादब्लमबाट १ करोड ६६ लाख र कञ्चनजङ्घा मुख्यबाट १ करोड ६० लाख रुपैयाँभन्दा बढी रोयल्टी उठेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

देशगत सहभागिताका आधारमा यस सिजनमा कुल ७९ देशका आरोहीहरू नेपाल आएका छन् । सबैभन्दा बढी आरोहीहरू चीनबाट १५६ जना र संयुक्त राज्य अमेरिकाबाट १५० जना रहेका छन् । त्यस्तै, भारतबाट ९७ जना, संयुक्त अधिराज्य (युके) बाट ७४ जना र रसियाबाट ७० जनाले आरोहण अनुमति लिएका छन् । नेपालका तर्फबाट भने ४३ जना (४ महिला र ३९ पुरुष) ले विभिन्न हिमाल आरोहणको अनुमति प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.