विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्दा, कुवेती दिनारको मूल्य ५०० माथि
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ १२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४७ पैसा र बिक्रीदर १११ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा कायम भएको छ ।
राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !