विद्या भण्डारीको आग्रह : मदन–आश्रित स्मृति दिवसमा वैचारिक पुनर्जागरण र नयाँ संकल्प लिनुहोस्

विद्या भण्डारीको आग्रह : मदन–आश्रित स्मृति दिवसमा वैचारिक पुनर्जागरण र नयाँ संकल्प लिनुहोस्
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता भएको बताएकी छन्।  ३३ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा जबजका प्रवर्तक जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले अब युवा पुस्तामा केन्द्रित रहेर काम गर्नु आवश्यक रहेको बताइन्।

उनले शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सके नेपालले रोजगारी र समृद्धिको नयाँ ढोका खोल्न सक्ने बताइन्। पूर्वउपाध्यक्ष भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरिन्। 

युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना हो।

‘अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्छ। कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्छ, जनताको दुःख सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्छ।’ उनले भनिन्, ‘म विशेष रूपमा युवापुस्ताप्रति केही कुरा भन्न चाहन्छु। युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना हो। शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सकियो भने नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ ढोका खोल्न सक्छ।’

मदनकी पत्नीसमेत रहेकी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितले देखेको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी रहेको बताइन्। उनले भनिन्, ‘उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली भनेको उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्नु हो। त्यसैले, यो स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा होइन वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन म सबैमा आग्रह गर्दछु। जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि हामी सबै एकताबद्ध भएर अघि बढौं।’

गौरवका साथ स्मरण गर्ने नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गरेको जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको उनको भनाई छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.