विवाहित महिलालाई विवाह प्रस्ताव, अस्वीकार गरेपछि परिवारमाथि नै एसिड प्रहार

विवाहित महिलालाई विवाह प्रस्ताव, अस्वीकार गरेपछि परिवारमाथि नै एसिड प्रहार
सुन्नुहोस्

काठमाडौं : भारतको उत्तर प्रदेशको बरेलीमा एक पुरुषले विवाहको प्रस्ताव अस्वीकार गरेपछि एक विवाहित महिला र उनको परिवारमाथि एसिड प्रहार गरेका छन्। एसिड प्रहारबाट महिला, उनका श्रीमान् र दुई बच्चा घाइते भएका छन्। 

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि उत्तर प्रदेश प्रहरीले निगरानीमा राखेको छ। गम्भीर घाइतेमध्ये एकजनालाई जिल्ला अस्पताल रेफर गरिएको बताइएको छ।

घटना शेरगढ क्षेत्रमा भएको हो।

प्रहरीका अनुसार उमेश कश्यप नामका व्यक्तिले विवाहको प्रस्ताव अस्वीकार भएपछि आक्रोशमा आएर महिलासहित उनको परिवारमाथि एसिड प्रहार गरेका हुन्। परिवार सुतिरहेको बेला उनले आक्रमण गरेको र त्यसपछि परिवारका सदस्यहरू चिच्याएको बताइएको छ।

प्रहरीका अनुसार कश्यप ती महिलासँग विवाह गर्न चाहन्थे। तर, प्रस्ताव ठाडै अस्वीकार भएपछि उनले एसिड प्रहार गर्ने योजना बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.