सरकारले कार्यान्वयनमा ल्याएको एमआरपी सम्बन्धी व्यवस्थाप्रति महासंघ सकारात्मक

सरकारले कार्यान्वयनमा ल्याएको एमआरपी सम्बन्धी व्यवस्थाप्रति महासंघ सकारात्मक
सुन्नुहोस्

काठमाडौं : सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी सम्बन्धी व्यवस्थाप्रति नेपाल उद्योग व्यापार महासंघले सकारात्मक ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार पत्रकार सम्मेलनमा गर्दै महासंघले बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उदेश्यले ल्याएको भए सरकारले ल्याएको व्यवस्था स्वागतयोग्य भएको जनाउँदै यसको कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको जनाएको छ। 

महासंघका अध्यक्ष खिमनारायण पराजुलीले नेपालको बजार, संरचना, साना तथा मझौला व्यवसायीहरूको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियाका व्यवहारिक पक्षलाई मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रुपमा न्यून बिजकलाइ निर्मुल गरी व्यवसायीमैत्री बनाएर मात्र सम्भव हुने बताए। 

अहिलेको सरकारले कानुन हातमा लिएर काम गरेको आरोप समेत लगाएको छ। व्यवसायीहरूले बजार व्यवस्थापनका नाममा व्यवसायीहरूलाई अनावश्यक दबाब सिर्जना भएको भन्दै यस्तो अवस्था आए सह्य नहुने चेतावनी समेत दिएका छन्। व्यवसायीमैत्री वातावरण कायम गर्दै उपभोक्ता हित संरक्षण हुने गरी नीति कार्यान्वयन गरिनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्।

सरकारले विभिन्न फर्म छापा मारेको भन्दै आपत्ति व्यक्त गर्दै यसले व्यवसायीहरुमा आतंकको स्थिति सिर्जना हुने बताएको छ। महासंघले उद्योगी, व्यवसायी र सरोकारवालाहरूसँग पर्याप्त परामर्श तथा समन्वय गर्न, कर तथगा बिलिङ प्रणालीलाइ सरल र स्पष्ट बनाउने व्यवस्था गर्न, डिजिटल मूल्य प्रणाली तथा क्युआर र बारकोर्ड प्रणालीको विकास गर्ने लगायतका व्यवसायीहरूको सुझाव छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.