ड्रोन आक्रमणपछि यूएईको आणविक उर्जा केन्द्रकाे पावर प्लान्टमा आगलागी

ड्रोन आक्रमणपछि यूएईको आणविक उर्जा केन्द्रकाे पावर प्लान्टमा आगलागी
सुन्नुहोस्

काठमाडौं  : संयुक्त अरब इमिरेट्स (यूएई) को अबु धाबीस्थित बराकाह न्यूक्लियर पावर प्लान्ट (आणविक उर्जा केन्द्र) मा ड्रोन आक्रमण भएको छ।आक्रमणपछि पावर प्लान्टमा आगलागी भएको थियो, जसलाई नियन्त्रणमा लिइसकिएको छ। अधिकारीहरूका अनुसार यो पावर प्लान्ट अल दफ्रा क्षेत्रमा अवस्थित छ।

जुन घटनाको जानकारी अबु धाबीको सरकारी मिडिया कार्यालयले दिएको हो।यद्यपि, यो आक्रमण कुन पक्षबाट भएको हो भन्ने कुरा यूएईले अहिलेसम्म खुलाएको छैन।

सरकारी मिडिया कार्यालयद्वारा जारी बयानमा भनिएको छ, 'अबु धाबीका अधिकारीहरूले अल दफ्रा क्षेत्रस्थित बराकाह न्यूक्लियर पावर प्लान्टको आन्तरिक सीमा बाहिर रहेको एउटा विद्युत जनरेटरमा लागेको आगोको घटनामा तत्काल कारबाही अघि बढाएका छन्।'

बयानमा अगाडि भनिएको छ, 'यो आगलागी ड्रोन आक्रमणका कारण भएको हो। यस घटनामा कोही पनि घाइते भएको खबर छैन र रेडियोलोजिकल सुरक्षा (विकिरण सुरक्षा) को स्तरमा पनि कुनै असर परेको छैन। सबै आवश्यक सतर्कता अपनाइएको छ।'

आगोको असर पावर प्लान्टको सुरक्षा वा त्यसका अत्यावश्यक प्रणालीहरूको कार्यक्षमतामा नपरेको र सबै युनिटहरूले सामान्य रूपमा काम गरिरहेको पनि बयानमा स्पष्ट पारिएको छ।

बीबीसी न्यूज फारसीबीका अनुसार, यस घटनाप्रति अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) ले गहिरो चिन्ता व्यक्त गरेको छ। आईएईएका महानिर्देशक राफेल ग्रोसीले यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायदसँग फोनमा कुराकानी गर्दै यस आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.