भारतीय प्रधानमन्त्री मोदीलाई स्वीडेनको सर्वोच्च सम्मान
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको सर्वोच्च नागरिक सम्मान ‘रॉयल अर्डर अफ पोलर स्टार कमान्डर ग्रान्ड क्रस’ बाट सम्मानित भएका छन् ।
यो सम्मान स्वीडेनले कुनै पनि देशका प्रधानमन्त्री वा राष्ट्र प्रमुखलाई प्रदान गर्ने सर्वोच्च सम्मान हो। स्वीडेनको ग्योथेनबर्ग सहरमा आइतबार आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्री मोदीलाई यो प्रतिष्ठित पदक प्रदान गरिएको हो।
प्रधानमन्त्री मोदीको कार्यकालमा उनले प्राप्त गरेको यो ३१औँ अन्तर्राष्ट्रिय सम्मान हो। यो प्रतिष्ठित सम्मान पाउने मोदी विश्वकै प्रमुख नेताहरूमध्ये एक बनेका छन् । सम्मान समारोहमा स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन लगायत उच्च नेतृत्व र प्रतिष्ठित राजनेताहरूको उपस्थिति रहेको थियो।
‘रॉयल अर्डर अफ द पोलर स्टार’ को सुरुवात सन् १७४८ मा भएको थियो। यो सम्मान स्वीडेन वा स्वीडेनको हितका लागि विशिष्ट योगदान पुर्याउने, सार्वजनिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने र आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाउने व्यक्तित्वहरूलाई प्रदान गरिन्छ।
प्रतिक्रिया दिनुहोस !