रुसको राजधानी मस्कोमा युक्रेनको ठूलो आक्रमण, एक भारतीयसहित तीन जनाको मृत्यु

रुसको राजधानी मस्कोमा युक्रेनको ठूलो आक्रमण, एक भारतीयसहित तीन जनाको मृत्यु
सुन्नुहोस्

मस्को : युक्रेनले आइतबार राति रुसको राजधानी मस्कोलाई लक्षित गरी व्यापक ड्रोन आक्रमण गरेको छ। रुसी अधिकारीहरूका अनुसार यस आक्रमणमा परी एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

रुसी सरकारी समाचार एजेन्सी 'तास' ले यो आक्रमण विगत एक वर्षको अवधिमा मस्कोमाथि भएको सबैभन्दा ठूलो हमला भएको उल्लेख गरेको छ। मस्कोस्थित भारतीय दूतावासले पनि मृतकहरूमध्ये एक जना भारतीय नागरिक रहेको पुष्टि गरेको छ।

यसैबीच, युक्रेनले रुसमाथि गरिएको यस आक्रमणको जिम्मेवारी लिएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस हमलाको बचाउ गर्दै यो रुसी आक्रमणको 'पूर्ण रूपमा उचित'जवाफ भएको दाबी गरेका छन्। रुसले विगतमा युक्रेनी सहरहरूमा गरेका घातक हमलाहरूको प्रतिशोधमा यो कदम चालिएको जेलेन्स्कीको भनाइ छ।

केही समयअघि मात्रै रुसले युक्रेनको राजधानी किभमा भीषण ड्रोन तथा मिसाइल आक्रमण गरेको थाल्यो, जसमा २४ जनाको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.