कांग्रेस नेता वीडी सतीसनले लिए केरलको मुख्यमन्त्रीको शपथ

कांग्रेस नेता वीडी सतीसनले लिए केरलको मुख्यमन्त्रीको शपथ
सुन्नुहोस्

तिरुवनन्तपुरम : कांग्रेस नेता वीडी सतीसनले केरलको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनीसँगै अहिले २० जना विधायकहरूले मन्त्री पदको शपथ लिइरहेका छन्।

शपथ ग्रहण समारोह तिरुवनन्तपुरमस्थित सेन्ट्रल स्टेडियममा जारी रहेको छ। उक्त विशेष समारोहमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, कांग्रेस नेता राहुल गान्धी र सांसद प्रियंका गान्धीको उपस्थिति रहेको छ। यसका साथै कांग्रेस शासित विभिन्न राज्यका मुख्यमन्त्रीहरू पनि समारोहमा सहभागी छन्।

मुख्यमन्त्री सतीसन ६ पटकका विधायक हुन् र यसअघि उनले केरल विधानसभामा विपक्षी दलको नेताको भूमिका निभाइसकेका छन् । सन् २००१ मा पहिलोपटक विधानसभा सदस्य चुनिएका सतीसन त्यसयता पारावुर निर्वाचन क्षेत्रबाट लगातार हरेक चुनाव जित्दै आएका छन् । 

१४० सिट संख्या रहेको केरल विधानसभामा यसपटक युनाइटेड डेमोक्रेटिक फ्रन्ट गठबन्धनले १०२ सिटमा शानदार जित हासिल गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.