युएईको आणविक केन्द्रमा भएको हमलाप्रति पाकिस्तानद्वारा निन्दा

युएईको आणविक केन्द्रमा भएको हमलाप्रति पाकिस्तानद्वारा निन्दा

काठमाडौं :  पाकिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) को बराकाह आणविक केन्द्रलाई निशाना बनाएर गरिएको हमलाको कडा निन्दा गरेको छ।

पाकिस्तानले आणविक प्रतिष्ठानहरूलाई जानाजानी निशाना बनाउनु अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय मानवीय कानुन, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको नियमहरूको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेको छ।

पाकिस्तानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'युएईको बराकाह न्यूक्लियर एनर्जी प्लान्टमा भएको ड्रोन हमलाको हामी कडा निन्दा गर्दछौँ। पाकिस्तान यस घडीमा पूर्ण रूपमा युएईका जनता र सरकारको साथमा उभिएको छ।'

विदेश मन्त्रालयले आणविक प्लान्टहरूलाई कुनै पनि हालतमा निशाना बनाइनु नहुने कुरामा जोड दिँदै यस्ता गैरजिम्मेवारपूर्ण कदमहरू मानव जीवन, पर्यावरण, वैश्विक शान्ति र सुरक्षाका लागि अत्यन्तै खतरनाक साबित हुन सक्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, 'पाकिस्तान सबै पक्षहरूलाई पूर्ण संयम अपनाउन, अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुन अन्तर्गत आफ्ना जिम्मेवारीहरू पूरा गर्न तथा तनाव बढाउने र यस क्षेत्रभन्दा बाहिरसम्म असर पुर्‍याउने खालका गतिविधिहरू नगर्न अपिल गर्दछ।'

यसअघि भारतले पनि उक्त हमलाको निन्दा गरेको थियो। भारतीय विदेश मन्त्रालयले यस्ता कार्यहरू अस्वीकार्य रहेको र यसले तनाव बढाउने काम गर्ने उल्लेख गर्दै तत्काल संयम अपनाउन तथा संवाद र कूटनीतितर्फ फर्कन आह्वान गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.