इप्पानमा बलराम खतिवडाको प्यानल घोषणा, को-को छन् उम्मेदवार ?
काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्वको लागि बलराम खतिवडाको प्यानल घोषणा भएको छ । शुक्रबार हुने २४ औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा खतिवडाको नेतृत्वमा टिम घोषणा गरिएको हो ।
खतिवडा वर्तमान कार्यसमितिका महासचिव हुन् । उनी नेतृत्वको टिमबाट उपाध्यक्षहरुमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, ई. दीपक पौडेल र सिर्जना खड्का (महिलातर्फ) रहेका छन् ।
त्यसैगरी महासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरुमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, ई. वीरेन्द्रबहादुर मल्ल, इशा श्रेष्ठ र संगीता धमला (महिलातर्फ), कोषाध्यक्षमा ई. मिथुन पौडेल र सदस्यहरुमा ज्योति गैहे र इन्दिरा पन्त (महिलातर्फ), सोमनाथ कँडेल, सन्तोषराज नेपाल, डा. भुषण गुरागाइँ, मिलन खड्का, सिए नारायण कँडेल, जगदीश शिवाकोटी, सुकुन्द ओझा र प्रदीप ओली रहेका छन् ।
यस अगाडि नयाँ नेतृत्व चयनका लागि उपाध्यक्ष उत्तम लामा भ्लोनको नेतृत्वमा पनि प्यानल घोषणा भएको थियो। इप्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ। भ्लोनले इप्पानको वरिष्ठ उपाध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस !