कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ

वीरेन्द्रनगर : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नेकपा संसदीय दलका नेता शाही मंगलबार एमालेको समर्थनमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सभामुखबाहेक नेकपाका १४ र एमालेका ९ गरी २३ प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएपछि प्रदेश प्रमुखले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केन्द्रमा नेकपा र एमालेबीच भएको तीनबुँदे राजनीतिक सहमतिअनुसार कर्णालीमा नयाँ सत्ता समीकरण बनेको हो । 

मुख्यमन्त्री शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । सत्ता साझेदार नेकपा र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिन बाँकी रहेकाले बुधबार मुख्यमन्त्री शाहीले मात्रै शपथ ग्रहण गरेका छन् । मन्त्रालयको संख्या र जिम्मेवारीबारे दुवै दलबीच छलफल जारी रहेको र सहमति जुटेलगत्तै मन्त्रिपरिषद् विस्तार गरिने जनाइएको छ । 

शपथपछि मुख्यमन्त्री शाहीले प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्दै सुशासन, विकास निर्माण, रोजगारी सिर्जना र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । उनले सत्ता साझेदार दलहरूबीच सहकार्य र सहमतिका आधारमा सरकार सञ्चालन गर्दै कर्णालीको विकासलाई तीव्रता दिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.