कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा बम निर्वाचित

कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा बम निर्वाचित
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा युवा निर्माण व्यवसायी मानव बम निर्वाचित भएका छन्। महासंघको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट बम सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएका हुन्।

उपाध्यक्षमा तुलराज शाही, सचिवमा नवीनकुमार थापा, कोषाध्यक्षमा मनोजकुमार सिंह, सहकोषाध्यक्षमा शिमिला खड्का, सदस्यहरूमा मनबहादुर चँदारा, ठानबहादुर भण्डारी, रतनबहादुर शाही, खड्गबहादुर शाही र ध्वजबहादुर शाही चयन भएका छन्। महासंघको वरिष्ठ उपाध्यक्ष र महासचिव पहिलो बैठकबाट मनोनीत गर्ने सहमतिअनुसार वरिष्ठ उपाध्यक्षमा प्रदीप खड्का र महासचिवमा भरत डाँगी मनोनीत गरिने भएको छ।

सुर्खेतमा दुई दिनसम्म चलेको अधिवेशनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका निर्माण व्यवसायी, प्रतिनिधि, पर्यवेक्षक तथा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनले संगठनको आगामी तीन वर्षे नेतृत्व चयन गर्दै निर्माण व्यवसायीका हकहित संरक्षण, व्यवसायको सम्मान, विकास निर्माणमा गुणस्तर अभिवृद्धि तथा राज्यसँग प्रभावकारी समन्वय गर्ने लक्ष्यसहित नयाँ कार्यदिशा तय गरेको जनाएको छ।

लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय नवनिर्वाचित अध्यक्ष बमले इमान्दारिताका साथ निर्माण व्यवसायीको हकहित, व्यवसायको सम्मान र विकास निर्माणमा नयाँ गति दिने प्रतिबद्धता जनाएका छन्।

उनले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी दिने सम्पूर्ण निर्माण व्यवसायीप्रति आभार व्यक्त गर्दै महासंघलाई अझ बलियो, जिम्मेवार र व्यवसायीमैत्री संस्थाका रूपमा स्थापित गर्ने बताए। उनले भने, ‘निर्माण व्यवसायी केवल ठेकेदार होइनन्, राष्ट्र निर्माणका साझेदार हुन्। कर्णालीको विकासलाई गति दिन निर्माण व्यवसायीको मनोबल उच्च हुनुपर्छ। महासंघलाई सबै व्यवसायीको साझा घर बनाउँदै हरेक समस्याको समाधानका लागि सरकारसँग सशक्त रूपमा आवाज उठाउनेछु।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.