अभिनेत्रीको हत्या : अझै भेटिएन टाउको, सात बर्षसम्म सुल्झिएन रहस्य

अभिनेत्रीको हत्या : अझै भेटिएन टाउको, सात बर्षसम्म सुल्झिएन रहस्य
सुन्नुहोस्

भारत : प्रहरीले चेन्नई शहरका विभिन्न स्थानमा राखिएका प्लास्टिकका बोराहरूबाट शरीरका टुक्राहरू फेला पार्न थालेपछि एउटा भयावह हत्याकाण्ड बाहिरियो । तमिलनाडुको राजधानी चेन्नईमा सुरु भएको यो खोजपछि ती सबै टुक्रा एउटै महिलाको भएको खुल्यो । तर अचम्मको कुरा के थियो भने महिलाको टाउको गायब भएकाले लामो समयसम्म उनको पहिचान हुन सकेन । आज पनि यो घटनाको ७ वर्षपछि उनको टाउकोको रहस्य समाधान भएको छैन ।

यो कथा ३७ वर्षको उमेरमा ज्यान गुमाएकी तमिल अभिनेत्री सन्ध्याको हो । उनको टाउको अझै भेटिएको छैन । प्रहरीको विशेष टोलीले पनि अहिलेसम्म टाउको फेला पार्न सकेको छैन । प्रश्न उठ्छ–उनको शवको पहिचान कसरी भयो ? यसको जवाफ शरीरमा बनेका ट्याटुहरू हुन्, जसलाई अभिनेत्रीकी आमाले पहिचान गरेकी थिइन् । पछि डीएनए परीक्षणले पनि यसको पुष्टि गर्‍यो ।

कसरी सुरु भयो घटना ?

चेन्नईको पल्लीकरणै डम्पयार्डबाट एउटा प्लास्टिकको बोरा भेटियो । बोरा खोलेपछि त्यसमा काटिएको हात र खुट्टा भेटियो । त्यसपछि प्रहरीले शहरका विभिन्न भागबाट यस्तै धेरै बोराहरू फेला पार्‍यो । फरेन्सिक विशेषज्ञहरूले ती सबै अंग एउटै महिलाको भएको पत्ता लगाए । पोस्टमार्टम रिपोर्टले धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरेर शरीर टुक्रा पारिएको देखायो । एनडीटीभीको रिपोर्टअनुसार, सन्ध्याको शरीरमा रहेका दुईवटा ट्याटुको आधारमा अनुसन्धान उनको पति तथा फिल्म निर्माता बालकृष्णनसम्म पुगेको थियो ।

११ हजार टनभन्दा बढी फोहोर खोजियो
घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीलाई शरीरका बाँकी भाग फोहोरमा लुकाइएको हुन सक्ने आशंका भयो । त्यसपछि प्रहरीले करिब ११ हजार ७ सय टन फोहोर खोतलेर खोजी ग¥यो । प्रहरीले केही थप अंगहरू भेट्टाउन सफल भयो, तर एउटा खुट्टा र टाउको भने अझै फेला परेन ।

ट्याटुले खोल्यो रहस्य

सन्ध्याको दाहिने हातमा दुईवटा ट्याटु थिए । यही ट्याटु प्रहरी अनुसन्धानको पहिलो महत्वपूर्ण प्रमाण बन्यो । त्यही समयमा एक महिला प्रहरी कार्यालय पुगेर आफ्नी छोरी हराएको उजुरी दिइन् । ती हराएकी महिला अरू कोही नभएर सन्ध्या नै थिइन्, जो चेन्नईमा पति र दुई सन्तानसँग बस्दै आएकी थिइन्।

रिपोर्टअनुसार, सन्ध्याको आमाले प्रहरीलाई आफ्नो ज्वाइँसँग छोरीबारे पटक–पटक सोध्दा उनले सन्ध्या थुथुकुडी गएको बताउने गरेको जानकारी दिइन् ।  प्रहरीले परिवारलाई शरीरमा भएका चिन्हहरू पहिचान गर्न भन्यो । त्यही क्रममा उनकी आमाले ट्याटु र एउटा गहनालाई पहिचान गरिन् । पछि डीएनए परीक्षणबाट पनि शव सन्ध्याकै भएको पुष्टि भयो ।

अनुसन्धानको दिशा पतितर्फ मोडियो
पहिचान भएपछि प्रहरीले अब हत्या कसले र किन गर्‍यो भन्ने अनुसन्धान सुरु ग¥यो । शंका उनका पति बालकृष्णनमाथि केन्द्रित भयो । सोधपुछका क्रममा उनको बयानमा विरोधाभास देखिएको प्रहरीले जनाएको थियो । उनले सन्ध्या थुथुकुडी गएको बताएका थिए, तर उनी घर नपुगेको कुरा उनलाई थाहा भएको आशंका गरिएको थियो ।

रिपोर्टअनुसार, प्रहरीले बालकृष्णनले हत्या स्वीकार गरेको दाबी गरेको थियो । अनुसन्धानकर्ताहरूका अनुसार १९ जनवरी २०१९ मा दम्पतीबीच विवाद भएको थियो । त्यस क्रममा बालकृष्णनले सन्ध्यामाथि कथित रूपमा अवैध सम्बन्धको आरोप लगाएका थिए । प्रहरीको भनाइअनुसार, विवाद बढ्दै गएपछि उनले पत्नीमाथि आक्रमण गरी घरमै हत्या गरेका थिए ।

शहरभरि छरिएका थिए शरीरका टुक्रा
रिपोर्टअनुसार, अनुसन्धानका क्रममा सीसीटीभी फुटेजमा बालकृष्णन रातको समयमा दुईपांग्रे सवारीमा बोरासहित देखिएका थिए । ती बोरामा सन्ध्याको शव हुन सक्ने प्रहरीको अनुमान थियो । यसअघि सन् २०१८ मा पनि दम्पतीबीच विवाद भएको थियो । त्यसपछि सन्ध्या प्रहरी कार्यालय पुगेकी थिइन् र घरेलु हिंसाको उजुरी दिएकी थिइन् । तर पछि दुवैबीच सम्झौता भएको थियो । सन्ध्या र बालकृष्णनको विवाह सन् २००० मा भएको थियो । यो हत्याकाण्डमा आज पनि उनको टाउको नभेटिनु सबैभन्दा ठूलो रहस्य बनेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.