बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना खारेज

बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना खारेज
फाइल फोटो
सुन्नुहोस्

बर्दिबास : राष्ट्रिय प्राथमिकता आयोजना ‘बर्दिबास मेडिकल कलेज  पूर्वाधार विकास निर्माण आयोजना’ को कार्यालय खारेज भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना खारेजीसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन आयोजना प्रमुख एवं उपसचिव देवीप्रसाद सुवेदीलाई जिम्मेवार अधिकारी तोकेको हो ।

मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवद्र्धन शाखाबाट २०८३ साउन १५ गते जारी पत्रअनुसार नेपाल सरकार अन्तर्गत रहेका अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका तथा अनावश्यक वित्तीय भार सिर्जना गर्ने बोर्ड, समिति, आयोजना तथा संस्थागत संरचनाको मूल्याङ्कन गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदनका आधारमा बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना खारेजी प्रक्रियामा लगिएको उल्लेख गरिएको छ ।

पत्रमा आयोजनाको सम्पत्ति, दायित्व, अचल सम्पत्ति तथा मेशिन, औजार व्यवस्थापनको विस्तृत योजना तयार गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ । सो कार्य सम्पन्न गराउन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार आयोजना प्रमुख सुवेदीलाई जिम्मेवार अधिकारी तोकिएको जनाइएको छ । शाखा अधिकृत जयप्रकाश बस्नेतद्वारा हस्ताक्षरित उक्त पत्रले बर्दिबास मेडिकल कलेज परियोजनाको प्रशासनिक संरचना खारेजीतर्फ अघि बढेको संकेत गरेको छ ।

यस निर्णयसँगै लामो समयदेखि निर्माण र सञ्चालनको प्रतीक्षामा रहेको बर्दिबास मेडिकल कलेजको भविष्यबारे स्थानीय तह, सरोकारवाला र सर्वसाधारणबीच थप चासो र बहस सुरु भएको छ ।  शुक्रबार बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले सर्वदलीय बैठक बसेर शिक्षा मन्त्रालयमा डेलिगेशन जान निर्णय गरेको छ । कार्यालय पहिलेकै अवस्थामा राख्नु पर्ने, क्लेजको  पुर्वाधार निर्माणका लागि बजेट दिनुपर्ने  माग राखिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.