रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरुङ निर्वाचित

रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरुङ निर्वाचित
सुन्नुहोस्

सिन्धुपाल्चोक :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सभापतिमा माया गुरुङ निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा गुरुङले १ सय ४९ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, सभापतिका अर्का उम्मेदवार कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२, दिलराम श्रेष्ठले २ मत ल्याए। 

उपसभापति पदमा सरोजा श्रेष्ठ १ सय २३ मतसहित निर्वाचित भइन्। प्रतिस्पर्धी निमा याङ्छेन लामाले ६५ र मुके शेर्पाले ४७ मत ल्याए। सहसचिवमा विदुर खड्काले १ सय ३५ मत ल्याई विजयी भए। उनको प्रतिद्वन्द्वी दोर्जे तामाङले ९७ मत ल्याए।

त्यस्तै सदस्यहरूमा गोकर्ण विक्रम सिलवालले १ सय ३३, पास तेम्बा शेर्पाले १ सय ३७, नन्दलाल श्रेष्ठले १ सय २१, नमराज भट्टराईले १ सय १३ र पुदीप सिलवालले १ सय १८ मत ल्याई विजयी भएका छन्। सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको थियो। सचिव पदमा भने राजीव हमालको एक्लै उम्मेदवारी परेका कारण उनी सर्वसम्मत भएका हुन्। 

सभापतिमा निर्वाचित गुरुङ यसअघि पनि जिल्ला सभापति थिइन्। उनी २०७९ सालमा सिन्धुपाल्चोक-२ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि थिइन्। गुरुङले प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा आरोहण समेत गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.