किन नेपाल ल्याइएन ‘निम्स दाइ’को पार्थिव शरीर ?

किन नेपाल ल्याइएन ‘निम्स दाइ’को पार्थिव शरीर ?

काठमाडौं : पाकिस्तानी हिमाल आरोहमा ज्यान गुमाएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को पार्थिव शरीर नेपाल ल्याइएन। उनीसँगै निधन भएका अन्य आरोहीको शव काठमाडौं ल्याए पनि पुर्जाको अत्तोपत्तो छैन।

निधनपछि उनको पार्थिव शरीर नेपाल ल्याउन सरकारले पहल नगरेको भन्दै आलोचना भएको छ। अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान उँचो बनाएका नायकको सम्मानमा राज्य मौन बसेको भन्दै पर्वतारोहण क्षेत्रमा असन्तुष्टि चुलिएको छ।

सरकारी उच्च अधिकारीहरू भने आफ्नो जिम्मेवारीबाट पन्छिँदै परिवारको इच्छालाई कारण देखाइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पुर्जाकी श्रीमतीसँग बेलायती पासपोर्ट भएकाले शव उतै लैजान खोजेको दाबी गरे। ‘नेपाल ल्याउन चाहने सबैले पहलका लागि निवेदन दिएका छन्,’ पौडेलले भने, ‘तर उहाँको आफन्तबाट अनुरोध नआएकाले ल्याउन सकिएन।’

मन्त्रालयका अनुसार पुर्जासहित अधिकांश आरोहीको शव पाकिस्तानको राजधानी इस्लामाबाद पुर्‍याइएको छ। लवाङ छिन्दु शेर्पाको मृत शरीर ड्रोनबाट देखिए पनि भौगोलिक विकटताका कारण झिक्न सकिएको छैन।

पुर्जा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गर्ने कीर्तिमानी आरोही र नेपालका ग्लोबल पर्यटन दूत हुन्।

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले सरकारको बेवास्ताले शव नेपाल लैजान नसकिएको जिकिर गरेका छन्। ‘सरकारले सक्रियता देखाएको भए आफन्तले नेपाल ल्याउन अनुमति दिने थिए,’ बेलायतमा भएका श्रद्धाञ्जलि कार्यक्रमको व्यवस्थापन गरिरहेका उनले भने, ‘सरकारले श्रद्धाञ्जलिका लागि ल्याउँछु भन्यो परिवारले भने नदिने कुरै छैन।’

‘नेपाल ल्याउन चाहने सबैले पहलका लागि निवेदन दिएका छन्। तर उहाँको आफन्तबाट अनुरोध नआएकाले ल्याउन सकिएन।’
लोकबहादुर पौडेल क्षेत्री, 
प्रवक्ता, परराष्ट्र मन्त्रालय

‘सरकारले श्रद्धाञ्जलिका लागि ल्याउँछु भन्यो परिवारले भने नदिने कुरै छैन ।’
राजेन्द्र पुडासैनी, 
अध्यक्ष, एनआरएनए, बेलायत

म्याग्दीको दानामा जन्मिएका पुर्जाले १६ वर्ष ब्रिटिस गोर्खा सैनिकका रूपमा सेवा गरेका थिए। सोही आधारमा उनले बेलायती नागरिकता लिएका हुन्। उनले गैरआवासीय नेपाली नागरिकतासमेत लिएका छन्। उनले नागरिकता लिँदा आफू नेपाली भएकोमा गर्व गर्दै नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएका थिए।

पुर्जा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गर्ने कीर्तिमानी आरोही र नेपालका ग्लोबल पर्यटन दूत हुन्। राज्यले चाहेको भए केही घण्टाका लागि भए पनि पार्थिव शरीर स्वदेश ल्याएर अन्तिम श्रद्धाञ्जलि दिन सक्थ्यो भन्ने आम नेपालीको भनाइ छ। ‘राष्ट्रलाई गौरवान्वित बनाउने व्यक्तिको अन्तिम सम्मानमा सरकार किन चुप ? ’ भन्दै नागरिकले सामाजिक सञ्जालमा प्रश्न गरिरहेका छन्।

पर्यटन विभागकी निर्देशक निशा थापा राउतले पनि परिवारको अनुमतिबिना शव ल्याउन नसकिएको बताइन्। इस्लामाबादस्थित नेपाली दूतावास र प्रतिनिधिहरूले शव ल्याउन कोसिस गरेको उनको दाबी छ। यद्यपि, सरकारको तर्फबाट स्पष्ट कूटनीतिक पहल र आधिकारिक धारणा सार्वजनिक हुन सकेको छैन।

साउन १४ गते बिहीबार ८, हजार ४७ मिटर उचाइको पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी निर्मल पुर्जासहित ६ जना नेपाली र ४ जना विदेशी आरोहीको निधन भएको थियो। ६ हजार ६ सय मिटर उचाइको क्याम्प–२ र ३ को बीचमा पहिरो जाँदा पुर्जासँगै पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाले ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.