सरकारलाई कुलमान घिसिङले भने : विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता गर

सरकारलाई कुलमान घिसिङले भने : विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता गर
फाइल तस्बिर।

घिसिङले भने, ‘घरघरमा ग्यास अभाव छ। यस्तो बेलामा विद्युतमा सहुलियत दिएर ईन्डक्सन चुल्हो बाल्न प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई पनि विद्युतमा भ्याट। ग्यास सिलिण्डर होइन अब ईन्डक्सन चुल्हो बाँड्ने स्किम सरकारले ल्याउनु पर्छ।’

काठमाडौं : पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता लिन आग्रह गरेका छन्। उनले जनतालाई भ्याट लगाउनुको सट्टा डेडिकेटेड र ट्रंक लाइनको अर्बौंको बक्यौता उठाउन तत्काल कदम चाल्न आग्रह गरेका हुन्।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङले सरकारले कृषकको सिचाई गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा १३ प्रतिशत भ्याट लगाएको भन्दै आपत्ति जनाए। ‘सरकारले कृषकको सिचाइँ गर्ने विद्युत र जनताले पिउने खानेपानी लिफ्ट गर्ने विद्युतमा झन् १३ प्रतिशत भ्याट लगाएछ। हामीले सिचाइँको महसुल डिमाण्ड चार्ज छुट गरेर ७ रूपैंयाबाट करिब २ रूपैंया प्रति युनिट र सामुदायिक खानेपानी लिफ्टको डिमाण्ड चार्ज छुट गरेर ९ रूपैंयाबाट करिब ४ रूपैंया २० पैसाप्रति युनिट कायम गरेका थियौं।’ उनले सामाजिक सञ्जालमा भनेका छन्,‘कृषि सिचाईको लागि विद्युत नि:शुल्कै गर्दा पनि हुन्छ। यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ।’

उनले किसानले उत्पादित वस्तुको मूल्य अझ घटाएर बेच्नु परेको स्मरण गराए। उनले भने,‘कृषकको मल, बीउ, ज्याला र कृषि यन्त्रको भाडा आदि सबैको भाउ बढेको बढ्दैछ। त्यसमाथि विद्युतमा पनि भ्याट। तर उत्पादित वस्तुको मूल्य अझ घटाएर बेच्नु परेको छ। कृषकले लिफ्ट सिंचाई नगरी खेति गर्न सकिँदैन। गाउँगाउँमा पानी लिफ्ट नगरी खानेपानी पिउन कठिन छ।’ 

ग्यास अभावको बेलामा विद्युतमा सहुलियत दिएर ईन्डक्सन चुल्हो बाल्न प्रोत्साहन गर्नुपर्नेमा उल्टै भ्याट लगाउनु त्रुटी भएको उनको भनाई छ। हाम्रो विद्युतीय पूर्वाधार जति ईन्डक्सन बाले पनि जति गाडी चार्ज गरे पनि धान्ने अवस्थामा रहेको उनको दाबी छ।

‘घरघरमा ग्यास अभाव छ। यस्तो बेलामा विद्युतमा सहुलियत दिएर ईन्डक्सन चुल्हो बाल्न प्रोत्साहन गर्नुपर्नेमा उल्टै घरायसी ग्राहकलाई पनि विद्युतमा भ्याट। ग्यास सिलिण्डर होइन अब ईन्डक्सन चुल्हो बाँड्ने स्किम सरकारले ल्याउनु पर्छ। देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्यासमा लाईन लगाउने। यो कस्तो विडम्वना। हाम्रो विद्युतीय पूर्वाधार जति ईन्डक्सन बाले पनि जति गाडी चार्ज गरे पनि धान्ने अवस्थामा छ। केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता प्राधिकरणले विकास गरिसकेको छ। मेरो घरमा भान्सा र गाडी सबै विद्युतबाटै चल्छ।’ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङले भनेका छन् ‘अब सबैको घरघर विद्युतबाट चलाऔं। देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढ्छ। विदेशी मुद्रा संचिति बढ्छ। तसर्थ सरकारले विद्युतमा लगाएको भ्याट तत्काल फिर्ता लिन जोड्दार माग गर्दछौं। यस्को सट्टा डेडिकेटेड र ट्रंक लाइनको अर्वौंको बक्यौता उठाउन त्तकाल कदम चालियोस्।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.