बालेनलाई मनिष झाको जवाफ : महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन

बालेनलाई मनिष झाको जवाफ : महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन
सुन्नुहोस्

काठमाडौं : रास्वपाका सांसद मनिष झाले परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको बताएका छन्। शुक्रबार राति प्रधानमन्त्री एवम् रास्वपाका वरिष्ठ नेता बालेन शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने लेखेपछि उनको नाम नलिई झाले आफूहरु साथैमा रहेको बताएका हुन्।

‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।‘ बालेनले लेखेका छन्,’सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

जवाफमा झाले महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहने बताए। ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।’ झाले लेखेका छन्, ‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.