ग्यास वितरणको अवस्था बुझ्न मन्त्री यादव स्थलगत अनुगमनमा

ग्यास वितरणको अवस्था बुझ्न मन्त्री यादव स्थलगत अनुगमनमा

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास बितरणको अवस्थाबारे स्थलगत अनुगमन गरेकी छन् । बजारमा खाना पकाउने ग्यास अभाव कायमै रहेपछि शनिबार मन्त्री यादवले बिभिन्न ग्यास उद्योगका साथै आयल निगमको टेकुस्थित बितरण केन्द्रको स्थलगत अनुगमन गरेकी हुन् ।

अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको बितरण प्रक्रियाका बारेमा जानकारी लिदै छिटो भन्दा छिटो सहज रुपमा ग्यास पाउने अवस्था बनाउन निर्देशन दिएकी थिइन् । सो क्रममा नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहले अहिले भारतबाट ग्यास आपूर्तिमा कुनै समस्या नदेखिएको भन्दै बितरण प्रणालीमा देखिएको समस्या छिटै समाधान हुने बताए ।

नेपालमा दैनिक करिब ९० हजारदेखि १ लाख ग्यास सिलिन्डरको माग रहेकोमा हाल दैनिक करिब १ लाख ५० हजार सिलिन्डर बिक्री÷वितरण भइरहेको उनले बताए । सहज बितरणका लागि वाणिज्य विभागको १५–२० जनाको टोली तथा मन्त्री र सम्बन्धित अधिकारीहरू निरन्तर बजार अनुगमनमा खटिएको उनले बताए । यता उपभोक्ताहरुले सहज रुपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।

उपभोक्ताहरुले निगमको टेकुस्थित बितरण केन्द्रमा समेत सहज रुपमा ग्यास पाउन नसकेको बताएका छन् । निगमले भने नागरिकलाई रित्तो हात फर्किन नदिन बितरणको समय अवधि थप्ने भन्दै थप जनशक्ति तथा नियन्त्रण कक्षको व्यवस्था गरिएको जनाएको छ । निगमले फुल सिलिण्डरको बिक्री सुरु गरेसँगै बजारमा ग्यासको अभाव देखिएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.