नयाँ वैकल्पिक शक्तिमा व्यवस्थित सोचविचार, योजना र चिन्ता देखिएन : महासचिव पोखरेल

नयाँ वैकल्पिक शक्तिमा व्यवस्थित सोचविचार, योजना र चिन्ता देखिएन : महासचिव पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएका शक्तिहरूले देशका मूल समस्या समाधान गर्न नसक्ने बताएका छन्। 

एमाले तारकेश्वर नगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले नेपाली राजनीतिमा लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएको वैकल्पिक शक्तिले देशका समस्याहरूलाई सम्बोधन र समाधान गर्न नसक्ने बताएका हुन्। 

उनले अहिलेको वैकल्पिक शक्तिबाट मुलुकको सार्वभौमसत्ता नै समाप्त हुने चुनौती समेत देखिएको उल्लेख गरे। महासचिव पोखरेलले नयाँ वैकल्पिक शक्तिमा व्यवस्थित सोच, विचार, योजना र चिन्ता नदेखिएकाले उनीहरू नेपाली राजनीतिमा लामो समय नटिक्ने दाबी गरे। 

यस्तो अवस्थामा असन्तुष्ट मतदातालाई स्वतः पुरानै पार्टीमा फर्काउनका लागि विगतका कमजोरीहरू लुकाउनुको सट्टा जनतामाझ गएर आफ्ना गल्ती–कमजोरी स्वीकार गर्ने र सच्चिने प्रतिबद्धता जनाउनुपर्ने उनले बताए।

त्यस्तै महासचिव पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन, शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण जरुरी रहेको बताए।

यसका लागि पार्टी पुनर्गठनको कार्ययोजना बनाउन गठन गरिएको कार्यदलले काम गरिरहेको उनको भनाइ छ। उनले जनताको बहुदलीय जनवादको आधारमा आफ्ना नीतिप्रति जनतालाई विश्वास जिताउने र जनताको चाहनाको सापेक्षतामा प्रस्तुत हुनुपर्ने धारणा राखे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.