इरानका राष्ट्रपति पेजेश्कियानले भने, ‘शहादत हाम्रो सपना, मर्ने बेलासम्म डटेर लडिरहन्छौं’

इरानका राष्ट्रपति पेजेश्कियानले भने, ‘शहादत हाम्रो सपना, मर्ने बेलासम्म डटेर लडिरहन्छौं’
सुन्नुहोस्

इरान : इरानका राष्ट्रपति मसुद पेजेश्कियानले जनतालाई कठिन परिस्थितिको सामना गर्न तयार रहनु पर्ने बताएका छन् । इरानको फार्स समाचार एजेन्सीका अनुसार पेजेश्कियानले भने, ‘केही मानिस अमेरिका र युरोपमा महँगी बढोस् भन्ने चाहन्छन् । तर युद्ध लडिरहेको हाम्रो देशमा महँगी नबढोस् भन्ने अपेक्षा गर्नु मलाई बुझ्न गाह्रो लाग्छ ।’

उनले भने, ‘जब हामी युद्धमा हुन्छौँ, तब वस्तु तथा सामग्रीको अभाव सामना गर्नुपर्ने हुन्छ र हामीले त्यसबाट उत्पन्न कठिनाइ सामना गर्न तयार रहनुपर्छ ।’
पेजेश्कियानले थपे, ‘हामी लड्नेछौँ र युद्धका कठिनाइलाई पनि स्वीकार गर्नेछौं । क्रान्तिका सर्वोच्च नेताले जे निर्णय गर्नु हुन्छ, हामी अन्तिम समयसम्म उहाँसँगै उभिनेछौं ।’ उनले भने, ‘मलाई लड्न डर लाग्दैन । शहादत हाम्रो सबैभन्दा प्रिय सपना हो र हामी मर्ने बेलासम्म मजबुत भएर उभिइरहनेछौं ।’

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बगेर जोल्घाद्रले अमेरिकाले इरानका छवटा माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोलिने बताएका छन् । बीबीसी फारसीका अनुसार ती मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा छुट, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरानविरुद्धका धम्की रोक्ने र देशको जफत गरिएको सम्पत्ति फुकुवा गर्नेलगायतका विषय छन् । यी शर्तका कारण अमेरिका र इरानबीच तत्काल कुनै सम्झौता हुने सम्भावना कठिन हुनसक्ने अनुमान गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.