हिमांशीका हत्यारा अब्दुल प्रहरी फन्दामा, सात महिनापछि विमानस्थलबाटै पक्राउ

हिमांशीका हत्यारा अब्दुल प्रहरी फन्दामा, सात महिनापछि विमानस्थलबाटै पक्राउ
सुन्नुहोस्

क्यानडा : क्यानाडाको टोरन्टोमा भारतीय मूलकी ३० वर्षीया हिमांशी खुरानाको निर्ममतापूर्वक हत्या भएको सात महिनापछि प्रहरीले ठूलो सफलता हात पारेको छ । हत्यापछि फरार रहेका उनका साथी अब्दुल गफुरीलाई प्रहरीले टोरन्टो विमानस्थलबाट पक्राउ गरेको छ ।

यो घटना घरेलु हिंसाका कारण भएको क्यानाडा प्रहरीले जनाएको छ । आरोपीमाथि फस्र्ट–डिग्री मर्डर (प्रथम श्रेणीको हत्या) को गम्भीर अभियोग लगाइएको छ ।

अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा बिछ्याइएको जाल

टोरन्टो प्रहरीको होमिसाइड युनिट र फरार अभियुक्तलाई पक्राउ गर्ने टोलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रहरी निकायसँग सहकार्य गर्दै ठूलो अपरेशन सञ्चालन गरेको थियो । सात महिना लामो अनुसन्धान र इन्टरपोलसहितका अन्तर्राष्ट्रिय निकायको सहयोगमा गफुरीको खोजी गरिएको थियो । उनी क्यानाडा फर्किएपछि शुक्रबार टोरन्टो विमानस्थलमा ओर्लिने बित्तिकै प्रहरीले पक्राउ गरेको हो । यद्यपि, यी सात महिनासम्म गफुरी कुन देशमा लुकेर बसेका थिए भन्नेबारे प्रहरीले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन ।

त्यो डरलाग्दो रात के भएको थियो ?
यो सनसनीपूर्ण घटना डिसेम्बर २०२५ को हो । टोरन्टो प्रहरीले डिसेम्बर १९ को रात करिब १०ः४१ बजे स्ट्राचन एभेन्यु र वेलिङ्टन स्ट्रिट वेस्ट क्षेत्रमा भारतीय युवती हिमांशी खुराना बेपत्ता भएको सूचना पाएको थियो ।

प्रहरीले तत्काल खोजी अभियान सुरु गर्‍यो । त्यसको भोलिपल्ट अर्थात् डिसेम्बर २० को बिहान करिब ६ः३० बजे सोही क्षेत्रको एउटा घरबाट हिमांशीको शव बरामद भयो । प्रारम्भिक अनुसन्धानपछि नै प्रहरीले घटनालाई हत्या भएको पुष्टि गरेको थियो । सन् २०२५ मा टोरन्टोमा दर्ता भएको यो ४० औं हत्या घटना थियो ।

अनुसन्धान अघि बढ्दै जाँदा अब्दुल गफुरी र हिमांशीबीच प्रेम सम्बन्ध रहेको खुलेको थियो । घटनापछि गफुरी फरार भएका थिए । प्रहरीले उनको तस्बिर सार्वजनिक गर्दै देशभर पक्राउ पुर्जी जारी गरेको थियो र सर्वसाधारणसँग पनि सहयोग मागेको थियो ।

भारतीय वाणिज्य दूतावासले व्यक्त गरेको थियो दुःख
हिमांशी खुरानाको हत्यापछि टोरन्टोस्थित भारतीय वाणिज्य दूतावासले घटनाप्रति गहिरो दुःख र स्तब्धता व्यक्त गरेको थियो । दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै टोरन्टोमा एक युवा भारतीय नागरिक हिमांशी खुरानाको हत्या भएकोमा गहिरो दुःख लागेको जनाएको थियो । साथै, कठिन परिस्थितिमा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै परिवारलाई सक्दो सहयोग गर्ने र स्थानीय प्रहरीसँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता जनाएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.