ब्राजिलमा हेलिकप्टर दुर्घटना, एकै परिवारका तीन महिलासहित चारको मृत्यु

ब्राजिलमा हेलिकप्टर दुर्घटना, एकै परिवारका तीन महिलासहित चारको मृत्यु
सुन्नुहोस्

ब्राजिल : ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा हेलिकप्टरका पाइलटसहित तीन जना कोलम्बियाली महिलाको मृत्यु भएको कोलम्बियाली महावाणिज्यदूतले जनाएको छ । ती तीन महिला एउटै परिवारका सदस्य रहेको बताइएको छ ।

उनीहरू सहरको छेउमा रहेको बाक्लो जंगल र पहाडी क्षेत्र तिजुका राष्ट्रिय निकुञ्जमाथि पर्यटकीय भ्रमणका लागि हेलिकप्टरमा सवार थिए । दुर्घटनापछि रियो दि जेनेरियोका मेयर एडुआर्डो काभालिएरीले पर्यटकीय हेलिकप्टर उडानको निगरानी थप कडा बनाउनु पर्ने बताएका छन् । नयाँ सुरक्षा उपाय लागू गर्ने क्रममा यस्ता उडान ‘एक–दुई हप्ताका लागि’ स्थगित गर्न सकिने समेत उनले बताएका छन् ।

काभालिएरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिजुका राष्ट्रिय निकुञ्जभित्र भिस्टा चिनेजा नजिकै आज भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति मेरो गहिरो समवेदना छ ।’ उनले ब्राजिलको राष्ट्रिय नागरिक उड्डयन एजेन्सीसँग आफूले सम्पर्क गरिरहेको पनि बताए । दुर्घटना भिस्टा चिनेजा नजिक भएको थियो । यो स्थान एउटा सानो बाँसको प्यागोडाले सजिएको प्रसिद्ध दृश्यावलोकन स्थल हो ।

तिजुका राष्ट्रिय निकुञ्ज रियो दि जेनेरियोको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँबाट क्राइस्ट द रिडिमरको प्रतिमा र समुद्री किनारसहित सहरको मनोरम दृश्य देखिन्छ । कोलम्बियाली महावाणिज्यदूतका अनुसार हेलिकप्टरमा सवार तीनै महिला एउटै परिवारका थिए । उनीहरू एक बालिकाको १५ औं जन्मदिन मनाउन रियो आएका थिए ।

छ जनाको उक्त समूह हेलिकप्टरमा एक पटकमा तीन जना मात्रै अट्ने भएकाले दुई समूहमा विभाजित भएको थियो । दुर्घटनामा बालिकाकी हजुरआमा, काकी र भतिजीको मृत्यु भएको हो । रियो दि जेनेरियोका विभिन्न पर्यटकीय स्थललाई आकाशबाट हेर्न हेलिकप्टर सवारी लोकप्रिय बन्दै गएको छ । तर यसको सुरक्षालाई लिएर पछिल्लो समय चिन्ता पनि बढ्दै गएको छ । यसअघि जुन १४ मा रियोको पश्चिमी क्षेत्रमा पर्ने रेक्रीयो दोस बान्देइरान्तेसमाथि दुई हेलिकप्टर आकाशमै ठोक्किँदा छ जनाको मृत्यु भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.