इजरायलले किन गर्‍यो सबै सैन्य बिदा रद्द, के इरानमाथि गर्दैछ ठूलो हमला ?

इजरायलले किन गर्‍यो सबै सैन्य बिदा रद्द, के इरानमाथि गर्दैछ ठूलो हमला ?

इजरायल : मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच वार्ता जारी छ । सम्भवतः चाँडै नै यसबारे कुनै सकारात्मक खबर आउन सक्छ । तर, यसैबीच एउटा आश्चर्यजनक खबर बाहिर आएको छ । इजरायली सेनाले आफ्ना सबै सैन्य बिदा रद्द गरेको बताइएको छ । स्रोतका अनुसार, यस कदमले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि नयाँ हमला गर्ने तयारी गरिरहेको संकेत गरेको हुन सक्छ ।

इजरायली च्यानल १३ का अनुसार, इजरायलले तेहरानविरुद्ध एकतर्फी सैन्य कारबाहीको तयारी गरिरहेको भनिएको समयमा यो निर्णय गरिएको हो । इजरायलले अमेरिका अब आफ्ना शर्तअनुसार युद्ध जारी राख्न तयार नरहेको निष्कर्ष निकालेको बताइएको छ । रिपोर्टहरूका अनुसार, अमेरिका यो संघर्षबाट बाहिर निस्कने बाटो खोजिरहेको छ । अमेरिकी जनरल ड्यान केन ‘अफ–र्याम्प’ अर्थात् युद्धबाट बाहिरिने विकल्प खोजिरहेका छन् र इरानलाई पराजित गर्न केवल हवाई शक्तिले मात्र पर्याप्त नहुने उनको धारणा रहेको बताइएको छ ।

यसैबीच, इजरायलले अमेरिकी कूटनीतिक प्रयासलाई गतिरोधका रूपमा हेर्दै स्वतन्त्र रूपमा कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ । इजरायलले इरान अपेक्षाभन्दा लामो समयसम्म युद्धमा टिकिरहेको निष्कर्ष निकालेपछि यस्तो आकलन गरिएको हो । रिपोर्टहरूमा नेतन्याहूले वरिष्ठ सरकारी अधिकारी तथा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका अधिकारीहरूविरुद्ध हमला गर्न आदेश दिएको दाबी पनि गरिएको छ । यद्यपि, इजरायलले एकतर्फी रूपमा कारबाही अघि बढाएमा इजरायल आफैं इरानको प्रमुख निशाना बन्न सक्ने जोखिम पनि रहेको बताइएको छ ।

किन ग¥यो सबै सैन्य बिदा रद्द ?
रिपोर्टअनुसार, इजरायल डिफेन्स फोर्सेजले आधिकारिक रूपमा सबै सैन्य बिदा रद्द गरेको छ । यो निर्णयले विशेष ध्यान तानेको छ, किनकि इजरायलले यसअघि फेब्रुअरी २६ मा पनि यस्तै निर्णय गरेको थियो । त्यसबेला इरानका सर्वोच्च नेताको परिसरलाई लक्षित गरी गरिएको हमलाभन्दा करिब ४८ घण्टाअघि सैन्य बिदा रद्द गरिएको थियो । त्यसैले, अहिलेको यो निर्णयले इजरायलले फेरि अर्को ठूलो सैन्य कारबाहीको तयारी गरिरहेको हुन सक्ने आशंका बढाएको छ ।

इरानले हाइफा र तेल अभिभलाई दियो धम्की
इरानले यसअघि नै यदि इजरायलले तनाव बढाएमा उसले हाइफा रिफाइनरी तथा तेल अभिभलाई प्रत्यक्ष निशाना बनाउन सक्ने चेतावनी दिइसकेको छ । स्रोतका अनुसार, इजरायलसँग रहेका इन्टरसेप्टर मिसाइलको भण्डार निकै कम भएको दाबी गरिएको छ । यस्तो अवस्थामा नयाँ हमला गरे त्यसको जवाफी कारबाही सामना गर्न इजरायललाई कठिन हुन सक्ने बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.